कसैलाइ पनि भन्न नहुँने ५ सपनाहरु जानीराखौं

astrologist-dream-theories

सुतेको समयमा सपना देख्नु स्वभाविक कुरा हो । हाम्रो जीवनमा हामीले देख्ने सपनाले धेरै प्रभाव पार्ने गर्दछ । धेरै व्यक्तिहरु निन्द्रा बाट बिउँझिसके पछि आफुले देखेको सपना बिर्सिने गर्दछन् त्यस कारणले गर्दा उनीहरुलाई सपनामा देखेको कुराले जीवनमा गरेको प्रभाव बारे केहि थाहा हुँदैन ।

हरेक सपनाको केहि न केहि अर्थ हुँन्छ र यसले कुनै पनि व्यक्तिको भविष्यको संकेत गर्न सक्छ भन्ने हामीलाई ज्योतिष शास्त्रले बताउँदछ । प्राय मानिसहरु आफुले देखेको सपनाको बिषयमा आफ्ना परिवार अथवा आफ्नो घनिष्ट मित्रलाई सुनाउँने गर्दछन् ।

देखेको सपना अरुलाई सुनाउँदा के असर हुँदछ ?

यदि आफुले देखेको केहि अनौठा सपनाहरु निन्द्राबाट बिउँझिदै अरुलाई भन्दा तपाइलाइ त्यस सपनाको फल प्राप्त नहुँन सक्छ साथै सपनाले तपाइको जीवनमा पार्ने प्रभाव नि घट्दै जान्छ ।

आज तपाइहरुलाई हामी कसैलाइ पनि भन्न नहुँने ५ सपनाहरुका बिषयमा बताउँने छौं ।

१. आफु मरेको सपना देख्नु

सपनामा आफुलाई मरेको देख्दा जो–कोहिलाई पनि डर लाग्न सक्छ तर डर लाग्ने भएता पनि यो सपना देख्नु भनेको एकदमै शुभ मानिन्छ । आफु मेरेको सपना देख्नु भनेको जीवनमा आइपरेको हरेक समस्या, दुख–कष्ट आदि पन्छिदै जानु हो ।

२. हरियो बगैंचा र रुखमा फल लागेको सपना देख्नु

सपनामा हरियो बगैंचा र रुखमा फलहरु लगेको देखिनु अत्यन्तै शुभ मानिन्छ । यस सपनाको अर्थ जीवनमा इच्छा गरे अनुसार सुख प्राप्त हुनु र धन तथा समृद्धिले सम्पन्न हुने संकेत हो ।

३. सानो माछाको सपना देख्नु

माछालाई देवताको रुप मान्ने हुँनाले यदि सपनामा सानो माछा पकाएको अथवा खाएको देख्नु भयो भने बुझ्नुहोस् कि तपाइको जीवनमा औधि ज्यादा गरि धन तथा सुख प्राप्त हुनेछ ।

४. सर्पको सपना देख्नु

सर्प देखि सबै डराउँने गर्छन् र साथै त्यसलाई कोहि मन नि पराउँदैनन् तर यसलाई जति घृणा गरे पनि सपनामा सर्प देख्नु अत्यन्तै शुभ मानिन्छ । हामीलाई सर्पले लखेटेको, घेरेको अथवा टोकेको सपना यदि हामीले देख्यौं भने जान्नुहोस् कि जीवनमा ठूलो मान–सम्मान, धन र हर काममा सफलता मिल्नेछ ।

५. बलिरहेको दियो संग भगवानको सपना देख्नु

सपनामा यदि बलिरहेको दियो संगै भगवानलाई देख्नु भयो भने त्यसलाई एकदमै शुभ मान्ने गरिन्छ । बलिरहेको दियो सपनामा देख्नु भनेको जीवनमा नयाँ–नयाँ अवसर प्राप्त गर्नु हो र दियो साथै भगवानलाई पनि देख्नु भनेको जीवनमा ठूलो सफलता प्राप्त गर्नु लगाएत सदैव जीवनमा खुशीयाली छाउँनु हो ।

Facebook Comments