फुर्ति हान्ने नेपाली विद्मार्थी अमेरिकन कलेजबाट निष्कासित

nepalese-restricted-from-college

फुर्ति हान्ने बानीले हामीलाई नै गाह्रो हुन सक्छ त्यसतै घटना हालै अमेरिकामा अध्यन गरिरहेका नेपाली विद्मार्थी संग घटेको छ । जानकारी बमोझिम २१ बर्षिय नेपाली विद्मार्थी सुप्रज्ञ रिजालले आफ्नो साथी संग फुर्ति हानेको कारण समस्यामा परेका हुन् । उनी अमेरिकामा न्यू ह्याम्पसायर प्रदेशको न्यू लन्डनमा रहेको कोल्बी–सोयर कलेजमा अध्यन गर्दथे । उन्ले आफ्नो अध्यनरत साथीलाई धम्काएको आरोपमा कलेजबाट निष्कासित हुनुपरेको थियो ।

किन रिजाल अपराधि ठहरिए त?? अब उन्का साथ के हुनेछ त ???

उन्ले साँझको खाना खाने समयमा उक्त साथी संग नेपालमा शिकार खेलेको कुरा गरेका थिए । उन्का भनाइ अनुसार उन्ले साथीलाई आफ्नो बाल्यकालमा हजुरबुबा संग शिकार खेलेको कुरा बताएका थिए तर उन्का साथीहरुले त्यसलाइ गलत सोचि धम्कीको रुपमा लिएर उनी फसेका हुन् ।

कुरा गर्दा उन्ले साथीलाई उन्को हजुरबुबाले बन्दुक चलाउन जान्ने र शिकार गर्न जाँदा उन्का हजुरबुबाले साथमा लगेर जाने कुरा गरेका थिए । सुप्रज्ञले उन्का हजुरबुबाले उन्लाई पनि बन्दुक चलाउन सिकाएका र आफु बन्दुक चलाउन सिपालु भएको कुरा बताउँदा उन्का साथीहरुले गलत अर्थ लि धम्काएको बुझि उन्को कलेजबाट निस्कासन भएको थियो ।

न्यू लन्डनका हवल्दार प्रहरी डेविड केथले लेखेको रिपोर्ट अनुसार फिट्जसिमोन्सले सुप्रज्ञको बारेमा कलेजमा भनेका थिए र कलेजका सुरक्षाकर्मीले पुलिसलाइ खबर गरेका थिए । हुन गइरहेको कलेजको साहित्यिक कार्यक्रममा पनि उन्ले कार्यक्रममा उपस्थित मानिसहरुमा गोलीबारि गर्ने आरोप लागेको थियो र सो कारणले गर्दा ३ अक्टोवरका दिन उन्लाई पक्राउ गरि २ दिन सम्म हिरासतमा पनि राखिएको थियो ।

पटक पटक रिजालले कलेजमा मदिरापान र झै–झगडा गरि अनुसासन भङ्ग गरेको कुरा क्याम्पसका सुरक्षा अधिकृत विल्ली ब्याकोटले बताउँछन् । विल्लीका भनाइ अनुसार रिजाल अमेरिका र गोरो बर्णका मानिसलाइ घृणा गर्ने कुरा बताउँछन् ।

सुप्रज्ञ रिजाल आफु माथि लागेको आरोप सब झुठो हो भन्छन् र उनी बस्ने ठाउँबाट पनि पुलिसले केहि पनि बरामद गरेको छैन । सोयर कलेजले उन्लाइ निस्कासन गरेको र उनी प्रति कुनै प्रतिकृया दिन नखोजेको उनी बताउँछन् । कन्कर्ड स्थित मेरिम्याक सुपेरियर अदालतमा उन्को मुद्दा चलिरहेको छ र यदि उन्लाइ लगाइएको आरोप साँचो ठहर भए उनलाइ नेपाल फर्काइने बताइएको छ ।

Facebook Comments