पुलवामामा आत्मघाती बम बिष्फोट गर्ने आतंबादिको तस्वीर सार्वजनीक भएको छ – कसरी बिष्फोट गर्यो हेर्नुहोस् भिडियो

jammu-terrorist-blast

जम्मू–कस्मीरको पुलवामामा सीआरपीएफमा आत्मघाती हमला गर्नेवाला आतंकवादीको पहिचान भएको छ । उक्त बिष्फोट गर्ने आतंकवादीको नाम आदिल अहमद हो र त्यो आतंकवादी पुलवामाको काकापोरको बासिन्दा हो ।

आदिल अहमदको तस्वीर सार्वजनीक गरिएको छ । यस हमलाको जिम्मेवारी आतंवादी संगठन जैश–ए–मोहम्मदले लिएको छ ।

amry-died-in-blast
सीआएफ आर्मी जवानहरुको ग्रुप पुलवामामा हाइवेबाट गइरहेका थिए र त्यस समूहको ७८ वटा गाडि थिए । सोहि आर्मीको गाडिमा आत्मघाती हमला गरिएको थियो । आत्मघाती हमला गर्ने आतंकवादी विस्फोटक सामाग्रीले भरिएको कार लिएर आर्मी जवानहरु भ्रिएको बसहरु माझ पसेको थियो र भयङकर बिस्फोट भएको थियो । यस ब्लास्टमा ४ वटा बस ध्वस्त भएका थिए ।

भारतीय सञ्चार माध्यमको जानकारी बमोझिम ब्लास्ट भइसके पछि आतंकवादीहरुले आर्मीको ग्रुपमा गोलाबारी पनि गरेका थिए । यस हमलाका कारण सीआरपीएफका ४२ जवान शहिद भएका छन् भने कयौं घायल भएका छन् । यस हमलाको जिम्मेवारी आतंकवादी संगठन जैश–ए–मोहम्मदले लिएको छ ।

Facebook Comments