एयर होस्टेसले प्यासेन्जरको बच्चालाई आफ्नो स्तनपान गराईन्

breast-feed-baby-by-air-hostess

हवाई यात्राको क्रममा रोइरहेका नवजात बालकलाई आफ्नो स्तनपान गराउने एयर होस्टेसको सामाजिक संजालहरुमा निकै तारिफ भईरहेको पाइन्छ ।

यात्राको समयमा नै शिशुको आमासंग भएको पाउडर दुध सकिएको र बालक भोकले रोइरहेको देखेर २४ बर्षीया पत्रिशा ओर्गानोले भोकाएको शिशुलाई आफ्नो स्तनपान गराइन् । पत्रिसाले यो घटनालाई फेसबुकमा सेयर गरेकी थिइन् र मानिसहरुले उन्लाई उन्को कामले हिरो बताएका छन् ।

फेसबुकमा सेयर गरेको पत्रिसाको पोष्ट अहिले सम्म ३५ हजार भन्दा बढि पटक सेयर गरिएको छ । सेयर गरिएको पोष्टमा उन्ले भनेकी छिन् “उडान भर्नु अघि सम्म सबै कुरा ठिक थियो तर यात्राको बिचमा शिशु बेस्सरी सुरु गर्यो त्यसपछि मैले शिशुको आमालाई दुध पिलाउन आग्रह गरे तर बच्चाकी आमाले आफु संग भएको पाउडर दुध सकिएको बताइन्”

पत्रिसा मनिलाकी बासिन्दा हुन् र आफै पनि ९ महिने छोरी “जेदकी” आमा हुन् । एयरहोस्टेस पत्रिसाले भनिन् “एयरलाइन्ससं पनि शिशुलाई दुध दिलाउने कुनै व्यवस्था थिएन, वरिपरी बसेका प्यासेन्जरहरु पनि बच्चा रोएको देखेर तनावमा आए त्यो देखेर म निकै दुखि भए र मैले विमानका अधिकारी शेरिलको सहायताले शिशुलाई फिडिङ कक्षमा लगेर स्तनपान गराएँ ।”

पत्रिसालाई एयरलाइन्सले दियो प्रमोसन

अघिल्लो रात ९ बजे देखि नै शिशु कि आमा एयरपोर्टमा थिइन् । नवजात शिशुकी आमाले आफ्नो बच्चालाई दुध खुवाएर मद्दत गरका कारण पत्रिसालाई धेरै–धेरै धन्यवाद दिएकी थिइन् भनि उन्ले बताइन् ।

एयरहोस्टेस पत्रिसा बताउँछिन् “शिशुले मेरो स्तनपान गरिरहेको बेला मैले उन्की आमाको आँखामा एक प्रकारको सुकुन देखेँ र अन्तमा उन्की छोरी निदाइन् ।”

पत्रिसा भन्छिन् मलाई बच्चाको आमालाई मद्दत गर्न पाउँदा निकै खुसी लागेको छ । उनी भन्छिन् “एउटी आमाले रोइरहेको शिशुलाई मद्दत गर्न नपाउँदा कस्तो अनुभव हुन्छ मैले राम्रोसंग बुझेकी छु ।”

“जब आफ्नो बच्चालाई दुध खुवाउन नसकेको जस्तो असाहाय अनुभव मलाई भयो तब मैले यो कदम चाले”

“ मैले काम गर्ने ठाउँमा मेरोे प्रमोसन भएकाले यो यात्रा मेरो लागी विशेष थियो भन्ने मलाइ थाह थियो तर सोचेको थिएन कि यो अझ यति विशेष होला भनेर ।”

“मैले हवाई यात्रामा एउटा अपरिचित आमाको शिशुलाई स्तनपान गराएँ र म धन्यवादि छु यो बरदानको लागी किनभने जरुरतको समयमा आमाको दुध मैले एउटा शिशुलाई दिलाउन सके”

Facebook Comments