आगलागी हुँदा ८ जनाको मृत्यु र ३० जना भन्दा बेसी घाइते

paris-fire-accident

सोमबार राति फ्रान्सको राजधानी पेरिसमा आगलागी हुँदा ८ जनाले आफ्नो ज्यान गुमाउनु परेको छ र ३ जना अग्नी नियन्त्रण कर्मी सहित उक्त स्थानमा रहेका ३० जना अरु सर्वसाधरण गम्भीर घाइते भएका छन् ।

पेरिसको त्यस भवनमा नेपाली समय अनुसार मंगलवारका दिन करिब ३ बजे बिहान आगलागी भएको थियो । त्यहाँका अधिकारीहरुले हाल सम्म आगलागीको कारण पत्ता लगाउन नसकेको बताएका छन् ।

house-burnt-paris

आगलागीको खबर पाउँना साथ अग्नी नियन्त्रण कर्मीहरुले नजिकका भवन तथा ब्लकहरु खाली गराउँने र बाटो खुलाउँने काम गरेका थिए । आगो धेरै नै लागेको कारण अग्नी नियन्त्रण कर्मीहरुलाई आगो निभाउन धौ–धौ परेको थियो भने समय पनि निकै नै लागेको थियो ।

डरलाग्दो आगलागीका कारण २०० जना समूहको अग्नी नियन्त्रण कर्मीहरु उक्त स्थानमा आगो नियन्त्रण गर्न पुगेका थिए । आगलागीले कति क्षति भयो भन्ने कुरा हाल स्पष्ट नभएको अधिकारीहरु बताउँछन् ।

Facebook Comments