चीनियाँ कम्पनी छिटै विश्वभर निशुल्क वाइफाई उपलब्ध गराउँदै छ

chinese-company-providing-free-wifi-all-over-the-world-soon

विश्वभर निशुल्क वाइफाइ प्रदान गर्ने उद्दश्यले चीनियाँ इन्टरनेट प्राविधिक कम्पनीले सन् २०२६ सम्म २७२ वटा उपग्रहहरु पठाउँने योजना बनाएको छ ।

लिङ्कस्योर नेट्वोर्कको स्थापना सन् २०१३ सालमा चाइनाको साङघाईमा भएको थियो । यो इन्टरनेट मोबाइल कम्पनीको बिशेषता तिनीहरुको वेबसाइटका पृष्ठ र क्षेत्रका हिसाबले निशुल्क इन्टरनेट सेवा प्रदान गर्नु हो ।

उक्त इन्टरनेट कम्पनीले आफ्नो पहिलो उपग्रहको अनावरण तारामण्डलको योजना २७ नोभेम्वर २०१८ मा गरेको थियो ।
चाइको उत्तरी धु्रवमा पर्ने गान्सु प्रदेशको जिउकुवान सेटिलाइट लन्च सेन्टरबाट लिङ्कस्योर–१, उपग्रह आउँदो साल पठाउने योजना गरिएको छ र सन् २०२० साल सम्म नक्षेत्रमा १० वटा उपग्रहहरु हुँने छन् ।

सन् २०२६ साल सम्म चाँहि तारामण्डलमा करिब २७२ वटा उपग्रहरु हुँने जानकारी उक्त इन्टरनेट कम्पनीले दिएको छ ।

यस कम्पनीको वेबसाइटका अनुसार लिङ्कस्योरले अहिले सम्म विश्वभर लगभग ९० करोड मानिसहरुलाई सेवा प्रदान गरिरहेको छ । यस कम्पनीले बिषेश गरि आफ्नो वाइफाइ मास्टर किइ एप्लिकेसन मार्फत बिना व्यक्तिगत लगिन गरेर हटस्पट द्धारा इन्टरनेटको सुविधा प्रदान गरिरहेको छ ।

Facebook Comments