स्वस्थ रहनको लागी १० राम्रो बानीहरु जानीराखौं – स्वास्थ्य नै धन हो

health-tips

मानिसहरु आफ्नो स्वस्थ्यका कारण अचेल निकै नै चिन्तीत रहने गर्दछन्, अधुनीक बचारका रसायनीक मिश्रित खनिज पदार्थले गर्दा मानव स्वास्थ्य दिन प्रति दिन बिग्रीदै गइरहेको छ । स्वस्थ्य रहन हामीले प्रमुख हाम्रो खान–पानमा नै ध्यान केन्द्रित गर्न निकै नै आवश्यक छ ।

आउँनुहोस् स्वास्थ्य रहन आज हामी १० तरिकाहरु जानी राखौं

१. कहिले पनि बाहिरबाट घर आए पछि, कुनै बाहिरी बस्तुलाई हात लगाए पश्चात, खाना बनाउँनु भन्दा अघि, खाना खानु भन्दा अघि, खाना खाइसकेपछि र बाथरुमको प्रयोग गरीसकेपछि हातलाई राम्रो संग साबुनले हात धनुहोस् । यदि तपाइको घरमा सानो बच्चा छ भने यो कुरा अझै नै जरुरी हुँन्छ । बच्चालाई हात लगाउँन भन्दा अघि पनि राम्रो संग अवश्य धुनुहोस् ।

२. घरमा सफाइ गर्न विषेश ध्यान दिनुहोस्, विशेष गरि भान्साघर तथा शौचालयमा । घरमा कतै पनि पानी जम्न नदिनुहोस् । सिंक, वास व्यसिन आदि जस्तो ठाउँमा नियमित रुपमा फिनाइलले सफा गर्नुहोस् । राखेको खानालाई कहिल्यै खुला नछोड्नुहोस् । काचो खाना र पाकेको खाना सधैं अलगै राख्ने गर्नुहोस् । प्रयोगमा आउँने भाँडाहरुलाई घाममा सुकाएर मात्र राख्ने गर्नुहोस् ।

३. ताजा तरकारी र फलफुलको मात्र प्रयोग गर्ने गर्नुहोस् । उपयोगमा आउँने वाला मसाला, अनाज तथा अन्य सामाग्रीको भण्डार पनि सहि तरिकाले गर्ने गरौं तथा म्याद भएको वस्तुहरुको म्याद हेर्ने कुरामा विषेश ध्यान दिऔं ।

४. धेरै तेल प्रयोग भएर बनेको खानाहरुको उपयोग नगर्नुहोस् । खाना बनाउँदा उचित तापक्रममा बनाउँने गर्नुहोस् धेरै तापक्रममा खाना बनाउँदा खानामा भएको पौष्टिक तत्व नष्ट हुँदछ । ओवन प्रयोग गर्दा विषेश तापक्रममा ध्यान दिनुहोस् । खाना सधैं ताजा तथा ढाकेको खाने कुरा मात्र सेवन गर्नुहोस् । खाना बनाउँदा सबै पखालेर मात्र बनाउँने बानी बसाल्नु होस् ।

५. खाना बनाउँदा सोयाबीन, सनफ्लावर, मक्कै अथवा ओलिभ तेलको मात्र प्रयोग गर्ने गर्नुहोस् । खानामा चिनी र नुनको मात्रा कम भन्दा कम प्रयोग गर्नुहोस् । जंक फुड तथा रसान मिश्रित चिसोहरुको प्रयोग नगर्नुहोस् । रातिको खाना खाँदा सकभर ८ बजे अघि नै खाने गर्नुहोस् र राति खाने खाना एकदमै हल्का फुल्का नै होस् ।

६. खानामा दहि, दुध, सलाद, हरियो तरकारी, दाल आदिको अवश्य प्रयोग गर्नुहोस् । खाना खाँदा खानाको सबै तत्व भएको कुरा खानुहोस् जस्तै सन्तुलीत आहार ।

७. आफ्नो सुत्ने कोठा सफा सुघर, हावा आउँने तथा घाम लाग्ने होस् ।

८. मेडिटेसन, योगा अथवा ध्यानको प्रयोग गर्नुहोस् यसले तनाबबाट टाढा राख्नुका साथै स्वस्थ्य रहन पनि मद्दत गर्दछ ।

९. कुनै पनि बयाम दैनिक रुपमा गर्ने गर्नुहोस् । दैनिक बयाम करिब १ घण्टा गर्ने गर्नुहोस् ।

१०. ४५ उमेर पछि रुटिन चेकअप गर्ने गर्नुहोस् र यदि चिकित्सकले कुनै औषधि दिन्छन् भने नछुटाइकन औषधिको सेवन गर्नुहोस् । प्रकृतिको नजिक रहन समय निकाल्ने गर्नुहोस् । बच्चाहरु संग खेल्ने आफ्नो घरपालुवा जनावर संग दौडिन निस्कनुहोस् साथै परिवार संग मनोरञ्जन पनि गर्ने गर्नुहोस् ।

Facebook Comments