दैनिक ल्वाङ सेवनले हुने शारिरक लाभहरु

health-benefits-of-cloves

ल्वाङ शरिरलाइ फाइदा गर्ने एक असरदार जडिबुुटि हो । यस जडिबुटिमा युजेनल भन्ने तत्व पाइन्छ, दैनिक ल्वाङको सेवनले हामी धेरै किसिमका शारिरक रोगहरुबाट बच्नसक्छौं ।

ल्वाङ खाँदा हाम्रो शरिरमा गर्मी उत्पन्न हुन्छ त्यस कारणयदि चिसो अथवा रुघाखोकी लागेको बेला ल्वाङ पानीमा उमालेर पिउँदा हामीलाइ राहत मिल्दछ । ल्वाङले हामीलाई फाइदा दिन्छ भन्ने त हामीले जे होस् थाहा पाइसकेका छौं ।

आज हामी ल्वाङबाट शरिरलाई हुने फाइदाहरुका बारेमा थाहा पाउनेछौं ।

हामीले ल्वाङ सेवन गर्दा हाम्रो मुखमा र्याल(सेलाइभा) उत्पन्न हुन्छ र त्यसले खानालाई पच्न सघाउँछ र हाम्रो पेटमा ग्याष्ट्रि गराउने पदार्थ उत्पन्न हुनदिँदैन । यसले हाम्रो पाचन प्रणालीलाई स्वस्थ तथा बलियो हुन मदत गर्छ ।

दैनिक चियामा ल्वाङ हालेर खाँदा हाम्रो मुहारमा निखार अथवा चमक आउँछ त्यस कारण यसले हामीलाई सुन्दर रहन नि मदत गर्छ र साथ–साथै चियामा ल्वाङ हालेर खाँदा पिनासको रोगबाट नि हामी राहत पाउन सक्छौं ।

हाम्रो शरिरमा कोलेष्ट्रोलको मात्रा बढ्यो भने मुटुको समस्या हुन्छ, प्रति दिन ल्वाङ सेवन गर्दा हाम्रो शरिरमा कोलेष्ट्रोलको मात्रा नियन्त्रण हुन्छ र यसले हामीलाई धेरै किसिमका मुटु सम्बन्धि रोगहरु लाग्नबाट बचाउँछ ।

ल्वाङमा एन्टिब्याक्टेरियल तत्व पाइन्छ र यस तत्वले घाउ चाँडो निको गर्दछ । यदि हामीले यसको सेवन दैनिक रुपमा गर्छौं भने हाम्रो घाउ चाँढै निको हुन्छ ।

हाम्रो दैनिक भोजनमा ल्वाङ प्रयोग गर्दा यसले हाम्रो शरिरको रोग संग लड्ने क्षमतालाई नि बढाउँछ र हामीलाई रोग लाग्न दिँदैन । यसमा पाइने पोटासियम् तत्वले हामीलाई शक्ति दिन्छ र हामीमा भएको शारिरिक कम्जोरी हटाउँछ ।

यसको सेवन दैनिक रुपमा गर्दा यसमा भएको एन्टि इफ्लेमेटरी तत्वले दाँतको दुखाई हुने बिमारिबाट छुट्कारा दिँदछ र दाँतमा किरा लाग्नबाट नि बचाउँदछ । ल्वाङमा भिटामिन ए पाइने हुँदा यसको सेवनले आँखाको हेर्ने दृष्टि बलियो हुन्छ र रतन्धो जस्तो खतरनाक रोग लाग्नबाट बचाउँछ ।

ल्वाङको प्रयोगले हामी क्यान्सर जस्तो ज्यानमारा रोगबाट बाँच्न सक्छौं र यसमा भएका तत्वहरुले हाम्रो हाडहरु नि स्वस्थ राख्दछ ।

Facebook Comments