लसुन र महको सेवनले मुटु रोगबाट छुट्कारा तथा अरु धेरै फाइदाहरु

garlic-paste-and-honey-benefits

हाम्रो दैनिकी जीवनमा जे होस् हामी मह र लसुनको प्रयोग गरिरहेका त हुन्छौ तर यिनले हामीलाई कत्तीको फाईदा दिइरहेको हुन्छ भन्ने हामी जानकार नहुन सक्छौं । मह र लसुन हामीलाई कतिको लाभदायक हुन्छ र यिबाट हामी के के कुरा पाउछौं भन्ने आज हामी जान्नेछौं ।

हामी महमा एन्टिबायोटिक र एन्टिब्याक्टेरियल पाउँछौं यि गुणले हाम्रो शरिरको रोग संग लड्ने क्षमतालाई मज्बुत हुन मदत गर्नुका साथै हाम्रो शरिरलाई धेरै किसिमको रोग लाग्नबाट बचाँउदछ ।

त्यसतै गरि लसुनमा हामी फाइबर भन्ने तत्व पाउँछौं, यस तत्वले हामीलाई मुटु रोग, मधुमेह, रक्तचाप आदि जस्ता रोग लाग्न दिँदैन ।

दुवैको मिसावट गरेर यसको सेवन गर्दा यसले हाम्रो शरिरलाई धेरै फाइदा दिँदछ । यसको प्रयोग महमा लसुनलाई डुबाएर अथवा दुवैको मिश्रण गरेर गरिन्छ र यस्को असर कम्तीमा पनि ७ दिन यसको सेवन गर्दा थाह हुन्छ ।

हामीले खाने खाना देखि लिएर र दैनिक प्रयोग गर्ने सबै कुराहरुमा रसायन भएको हँुदा हाम्रो शरिरमा धेरै प्रकारका संक्रमणहरुको जीवाणुहरु हुने गर्दछन् र यि दुई चिजको मिश्रीत अनमोल जडिबुटिको दैनिक सेवनले हामीलाई यस्ता संक्रमणबाट छुट्कारा मिल्दछ ।

अहिले पिडिका मानिसहरु धेरै ह्रदयघात रोगले ग्रसित छन्, उनिहरुको अनआवशेक रुपको खानपान र लक्जरी जीवन शैलीले उनिहरुमा यस्तो समस्या देखिएको हो । शरिरमा कोलेस्ट्रोलको मात्रा धेरै हुँदा रक्त नलिमा बोसो भरिँदछ र नलिमा बोसो जमेकाले रक्त संचार राम्रो संग हुन पाउँदैन र मुटुको समस्या देखा पर्दछ । मह र लसुनको मिश्रीत पेष्टको सेवनले रक्त नलिमा भरिएको बोसोलाई शरिरबाट बाहिर निकाल्न मदत गरि शरिरमा भएको कोलेस्ट्रोलको मात्रालाई नियन्त्रण गर्दछ र हामीलाई यसले मुटु रोग लाग्नबाट बचाउँदछ ।

फस्फोरस तत्वले हाम्रो दाँत मज्बुत हुन्छ, मह र लसुनमा फस्फोरस भएकाले यसको सेवनले हाम्रो दाँत स्वस्थ हुँदछ र कुनै किसिमको दाँतको रोग यसले लाग्न दिँदैन । मह र लसुनको मिश्रीतमा एन्टिइन्फ्लेमेन्टरी भन्ने तत्व भेटिन्छ र यो गुणले हामीलाई घाँटिको रोग जस्तै घाँटि सुन्निने, दुख्ने जस्ता समस्याहरुबाट बचाउँछ । घाँटिको समस्या हँुदा यसको प्रयोग गर्दा हामीलाई समस्याबाट धेरै राहत मिल्दछ ।

लसुन र महमा एन्टिबायोटिकको गुण भएकोले झाडापखाला हँुदा यसको सेवनले हाम्रो पाचन प्रणाली सहि ढङ्गले चलि यस रोगबाट हामीलाई यो जडिबुटिले पेटको संक्रमणबाट छुट्कारा दिन्छ । यि फाइदा मात्र होइन यसको दैनिक सेवनले मोटोपनामा नियन्त्रण हुनुका साथै यसको प्रयोग गर्दा शरिरमा गर्मी उत्पन्न हुनाले यसले चिसोबाट पनि बच्न मदत गर्दछ ।

बनाउने तरिका र प्रयोग गर्ने बिधि

१. पहिलो चरणस् लसुनलाई सफा गरेर हल्का रुपमा त्यसलाई सफा मसला कुट्ने भाँडामा थिच्नुहोस् ।
२. दोस्रो चरणस् कुटिएको लसुनलाई एउटा सफा भाँडामा महमा डुबाउनु होस् ताकी मह र लसुन राम्रो संग मिसिन सकुन् ।
३. चौथो चरणस् त्यस मिश्रणको भाँडोलाई सुरक्षीत् तरिकाले ढाकेर ३–४ दिन सम्म राख्नु होस् ।
४. पाँचौ चरणस् तयार भइसकेको मह र लसुनको मिश्रण बिहान खाली पेटमा दैनिक १ चम्चा ७ दिन सम्म प्रयोग गर्नुहोस् ।

Facebook Comments