तामाको भाँडामा पानी पिउँदा हुँने ९ फाइदाहरु जानिराखौं

copper-vessel-water-drinking-benefits

प्रायजसो मानिसहरुलाई तामाको भाँडामा राखेको पानी पिउँदा राम्रो हुन्छ भन्ने त थाहा छ तर तामाको भाँडोमा राखेको पानी पिउँदा के–के फाइदा हुँन्छ भन्ने थाहा नहुँन सक्छ ।

हिन्दु परम्परा अनुसार तामालाई पवित्र धातु मानिने हुँनाले त्यसैले यसलाई परम्परादेखि पूजापाठ तथा धार्मिक काममा प्रयोग गर्ने गर्दछन् ।

धार्मिक परम्परा अनुसार मात्र नभएर वैज्ञानिक रिसर्चले पनि तामाको भाँडोमा पिउँनलाई राखिएको पानी स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुने देखाएको छ । वैज्ञानिक रिसर्च अनुसार तामामा क्यान्सर रोग विरुद्ध लड्ने गुणहरु रहेको हुँनाले यसको दैनिक सेवनबाट क्यान्सर हुने संभावना न्यून हुन्छ ।

त्यस्तै आयुर्वेदले पनि तामाको भाँडोमा पिउँनलाई राखिएको पानी पिउँदा स्वास्थ्यलाई धेरै फाइदा हुने कुरा बताउँछ । बिहान खालि पेटमा रातभर तामाको भाँडोमा राखेको पानी पिउँदा स्वास्थ्यका लागि धेरै फाइदाजनक हुन्छ ।

आउनुहोस् तामाको भाँडामा पानी पिउँदा हुँने ९ फाइदाहरुका बिषयमा जानौं

१. नियमित रुपमा तामाको भाँडामा राखिएको पानी पिउँदा यसले हाम्रो पाचन क्रिया बलियो बनाउँछ ।

२. दैनिक तामामा राखिएको पानी पिउँदा यसले हाम्रो मुटुलाई स्वस्थ बनाउँदछ ।

३. तामाको भाँडोमा राखिएको पानी पिउँनाले हाम्रो रक्तचाप पनि नियन्त्रण हुनेगर्दछ ।

४. यसमा राखिएको पानी सेवन गर्ने हाम्रो बानीले हामी हृदयाघात हुने संभावनाबाट बाँच्न सक्छौं ।

५. तामाको भाँडामा राखिएको पानि दैनिक रुपमा पिउँदा छालासम्बन्धी समस्याबाट बाँच्न सकिन्छ ।

६. दैनिक यस भाँडो राखिएको पानी पिउँदा मोटोपन पनि घट्दै जान्छ ।

७. यस भाँडामा राखिएको पानी दैनिक प्रयोग गरे रगतको कमि हुने बिमारी अथवा एनिमियाको समस्याबाट बाँच्न सकिन्छ ।

८. तामाको भाँडामा राखिएको पानी पिउँने बानीले हामी क्यान्सर लाग्नबाट बाँच्न सक्छौं ।

९. नियमित तामाको भाँडामा राखेको पानी पिउँने बानीले शरीर दुख्ने वा जोर्नी दुख्ने समस्याबाट बाँच्न सकिन्छ ।

Facebook Comments