बिर्सेर पनि खाली पेट नखानुहोस् यि १० कुराहरु जसले कयौं रोगहरु लाग्न सक्छ

food-to-ignore-in-empty-stomach

साथीहरु भनिन्छ नि जस्तो हामी खाना खान्छौं त्यसतै नै हामी बन्दछौं तर हाम्रो शरिरमा सबै भन्दा धेरै असर त्यो चिजको हुन्छ जो हामी खाली पेट खाँदछौं ।

बिहान उठ्ना साथ हाम्रो पेट खाली हुन्छ र दिउँसोको खाना खाइसके पछि र राती खाना खानुभन्दा अघि या जुन समय हामीलाइ भोक लागि रहेको हुन्छ त्यो समय हाम्रो पेट खाली हुन्छ । खाली पेटको कारण जब हामीलाइ भोक लाग्छ तब हाम्रो शरिर ब्याट्रि नभएको मोबाइल जस्तो गर्न थाल्छ जस्लाइ फेरि चार्ज गर्नको लागी हामीलाई खानाको आवश्यकता हुँदछ ।

यस्तोमा धेरै कुराहरु यस्तो हुन्छ कि जसको यदि खाली पेट सेवन गरियो भने त्यो हाम्रो लागी अति नै फइदाजनक बन्नजाँदछ त्यसतै गरि अर्को पट्टि केहि कुराको सेवन खाली पेट गर्न हाम्रो स्वास्थ्यको लागी हानीकारक पनि हुनसक्दछ र यिनी कुराले हुने नराम्रो असर हाम्रो शरिरमा लामो समय सम्म पनि रहिरहन सक्दछ ।

कयौं खानेवाला फलफुल, तरकारी र अरु कुराहरु हाम्रो स्वास्थ्यको लागी धेरै राम्रो हुँदछ । हुनसक्छ त्यो कुरा पनि खाली पेट खानाले हाम्रो शरिरमा उल्टो असर गर्न सक्छ । यस्ता कुराहरु धेरै जस्तो व्यक्तिहरुलाई थाह नहुने हुनाले उनीहरु अक्सर जान–अन्जानमा यस्तो कुरा खान पुग्दछन् जस्को कारणले उनीहरुको शरिरमा सानो या ठूलो कुनै पनि प्रकारको समस्या हुन थाल्दछ । फेरि यस्तो कुरा बुझ्न नि सकिन्न कि यस्को पछाडिको कारण के हो भनेर ।

आउनुहोस् जान्नम् हामीले खाली पेट के के खान हुँदैन र के के खानु पर्दछ ।

१. अमिलो फलफुल

टमाटर र अमिलो फलफुल जस्तै कि सुन्तला, मौसमी, भुइकटहर हाम्रो स्वास्थ्यको लागी धेरै फाइदाजनक हुन्छ र सबै मानिसले यसको सेवन गर्नु पर्छ तर ति व्यक्तिहरु जो आफ्नो तौल घटाइरहेका छन् ति मान्छेहरुले दिन्मा खाली पेट टमाटर सलादको रुपमा खानु पर्दछ ।

धेरै जस्ता मानिसहरु आफ्नो दिनको प्रारम्भमा नै शक्तिको लागी सुन्तला र मौसमीको जुस पिउने गर्दछन् । टमाटरमा भएको ट्यानिन एसिड र अमिलो फलफुलमा भएको सिट्रिक एसिडको कारणले खाली पेट यिनको सवन गर्नाले पेटमा एसिडिटि, ग्याष्ट्रिक र अल्सर हुँने सम्भावना बढ्दछ त्यस कारण खाली पेट यिनी फलहरुको सेवन नगर्नुहोस् ।
यसको ठाउँमा यदि तपाइ चाहनु हुन्छ भने खाली पेट स्याउ र तर्वुजको सेवन गर्न सक्नु हुन्छ । स्याउ र तर्वुजलाइ खाली पेट खान राम्रो मानिन्छ र साथै यदि तपाइको बिहान ठिक तरिकाले पेट साफ हुँदैन या तपाइलाइ धेरै जसो कब्जीयतको समस्या हुन्छ भने बिहान खाली पेट मेवा खानाले यो समस्याबाट लाभ मिल्दछ ।

२. केक

यहाँ देखिएको छ कि धेरै जसो केक रातीको समयमा नै काट्ने गरिन्छ र धेरै जसो मानिसहरु बाँचेको केकलाइ बिहान खाने गर्दछन् । केकमा भित्र ब्रेड हुँन्छ र साथै यसमा चिनीको मात्रा पनि धेरै हुने गर्दछ त्यसैले यसलाइ खाली पेट कहिले पनि खानु हुँदैन र साथै ब्रेड आदि जस्तै अरु जति पनि कुराहरु जो कि पुरै मैदामा बनेको हुँन्छ तिनीहरुलाइ पनि बिहानको समय खाली पेट खानबाट बाँच्नु पर्दछ किनकि मैदाबाट बनेको सबै खानाहरु पचाउन हाम्रो पेटलाइ धेरै मेहेनत गर्नु पर्दछ । यस्तोमा बिहान खाली पेट यि कुरा खाँदा दिन भर अल्छीपन, निन्द्रा र काममा ठिक तरिकाले दिमाग नलाग्ने समस्या हुनसक्छ । खाली पेट खानको लागी सेतो ब्रेडको ठाउँमा गहुँको ब्रेड अथवा धेरै अन्न भएको ब्रेडको सेवन गर्नुहोस् किनकि यिनलाइ पचाउन सजिलो हुँन्छ र त्यसतै गरि हाम्रो स्वास्थ्यको लागी पनि एकदमै फाइदाजनक हुँदछ ।

३. चिया र कफि

धेरै जस्ता व्यक्तिहरु आफ्नो दिनको सुरुवात बिहानको चिया र कफिले गर्दछन् र साथै केहि व्यक्तिको दिनमा चिया या कफि पिउने बानी लागीसकेको हुँन्छ । जब हामी चिया खाली पेट पिउँछौं यसमा भएको क्याफिनको सिधा असर हाम्रो दिमागमा हुँदछ जस्का कारणले बिस्तारै बिस्तारै यस्को बानी लाग्न थाल्छ र जुन् दिन हामी चिया या कफि पिउन पाउँदैनौ त्यस दिन हाम्रो टाउको दुख्ने गर्छ ।

जब हामी लामो समय सम्म खाली पेट बस्छौं तब हाम्रो पेटमा एसिड बन्न थाल्छ जस्का कारणले हामीलाइ भोक लागेको अनुभव हुँन्छ । यदि हामी यस एसिडलाइ शान्त गर्नुको साटो आफ्नो पेटमा चिया या कफि जस्तो तातो र मिठो कुरा हाल्छौं भने यसले हाम्रो शरिरमा एसिडिको मात्रा चाहिएको भन्दा धेरै बढ्दिन्छ । एसिडको मात्रा बढ्नाले हाइपर एसिडिटि, छालामा दाग–धब्बा या इन्फेक्सन्, माइग्रेन र कपाल धेरै झर्ने सुरु हुँन्छ ।

जो व्यक्तिहरु लगातार खाली पेट चिया या कफिको सेवन गर्दछन् उनीहरुको लिभर बिस्तारै–बिस्तारै कम्जोर हुँदछ जस्को कारणले धेरै पल्ट उनीहरुको शरिरमा अचानक रुपले खतरनाक रोग पनि लाग्न सक्छ । त्यसैले खाली पेट चियाको सेवन नगर्नुहोस् र बानी लागी सकेको भने खाली पेट पिउने चिया या कफिलाइ लाइट बनाउनुहोस् जसमा दुधको मात्रा धेरै होस् ।

४. केरा

केहि व्यक्तिहरु भोक लागे पछि केरालाइ खाजाको रुपमा खाली पेट खाँदछन् । किनकि यसलाइ धुनु या काट्नु पर्दैन जस कारणले यसलाइ तुरुन्त खाँन सजिलो हुँदछ । यो बाहेक केहि व्यक्तिहरु बिहानको समय नास्तामा या कस्रत गर्नु अघि केराको सेवन गर्दछन् ।

केरामा म्याग्नेसियमको मात्रा धेरै हुँन्छ जस्का कारणले खाली पेट यसको सेवन गर्नु हाम्रो मुटुको स्वास्थ्यको लागी राम्रो मानिदैन र साथै कस्रत गर्नु अघि केरा मात्र खानाले कार्डियो या दौउडदा खेरि यसले पेटमा दुखाइ पनि हुन सक्छ त्यसैले खाली पेट केरा मात्र नखानुहोस्, केराको सेवन गर्दा साथ–साथै अरु थोकको पनि सेवन गर्ने गर्नुहोस् । खिर र ओटस् (अन्नबाट बनेको कुरा) संग केराको सेवन हाम्रो शरिर र पेटको स्वास्थ्यका लागी राम्रो हुँदछ ।

५. पिरो खाना

चाहे बिहानको समय होस या दिउँसोको खाली पेट धेरै ज्यादा पिरो खाने कुरा खानु हाम्रो पाचन र पेटको लागी धेरै हानीकारक हुँदछ । धेरै मसाला भएको या तेलमा तारेको खाने कुराले हाम्रो पेटमा एसिडको मात्रा बढाउँछ जसका कारण पेट पोल्ने र पाचन संग सम्बन्धित कयौं प्रकारको समस्या आउने सम्भावना धेरै बढ्न जान्छ ।

६. मासालादार खाना

पेट संग सम्बन्धित कुनै पनि समस्या जब सुरु हुँन्छ तब त्यसले लामो समय सम्म हामीलाइ छाड्दैन त्यसैले खाली पेट पिरो या मासालादार खाने कुरा नखानुहोस् । खाली पेट खाँनको लागी ब्राउन् राइस् र स्प्राउट्सको सेवन गर्न धेरै फाइदाजनक हुँदछ । धेरै भोक लाग्दा यिनलाइ खाली पेट खानाले हामीलाइ तुरुन्त शक्ति मिल्दछ र लामो समय सम्म हाम्रो पेट भरि नै रहन्छ ।

७. बबलगम्

केहि व्यक्तिहरुको दिनमा काम गर्ने समयमा वा कस्रत गर्ने समयमा बबलगम् चपाउने बानी हुँन्छ । बबलगम चपाउँन उसरी त हामीलाइ हानीकारक हुँदैन तर जुन समय हाम्रो पेट खाली हुँन्छ त्यस समय यदि हामी बबलगम चपाउँछौं भने यसले हाम्रो दिमागलाई लाग्छ कि हामी केहि खाँदैछौं र त्यसले हाम्रो पेटलाइ खाना पचाउँने संकेत दिन थाल्छ जसको कारण हाम्रो पेटमा पाचन रसको मात्रा बढ्न थाल्छ । खाली पेट भएको कारण यहाँ रस हाम्रो पेट र लिभरलाइ कम्जोर बनाउँन थाल्छ । यो बाहेक खाली पेट बबलगम चबाउँनाले स्वस्थ्य खाने कुरा छोडेर धेरै मिठो, धेरै पिरो र बाहिरको जंक खानेकुरा खाने इच्छा धेरै बढ्न जान्छ ।

८. दहि

दहिमा हामी लेक्टिक एसिड पाउँछौं जो चाँहि हाम्रो स्वास्थ्यको लागी राम्रो हुँन्छ तर जब हाम्रो पेट खाली हुँन्छ तब त्यसमा हाइड्रो क्लारिेक एसिडको मात्रा बढ्दछ जो कि दहिमा भएको लेक्टिक एसिड संग मिसिए पछि हाम्रो स्वास्थ्यमा नराम्रो असर गर्दछ त्यसैले खाली पेट दहिको सेवन नगर्नुहोस् । खाली पेट खानको लागी दुध, खिर र अण्डाको सेतो भाग एउटा राम्रो अप्सन हो ।

९. मिठो खाना

धेरै मिठो खानु हाम्रो स्वास्थ्यको लागी त्यति राम्रो होइन र जब हाम्रो पेट खाली हुँन्छ त्यस समय मिठो कुराहरुले हाम्रो शरिरमा कयौं गुणा नराम्रो असर गर्दछ र बिशेष गरि बिहान खाली पेट ज्यादा मिठो खाँदा यसले हाम्रो शरिरको गुल्कोजको मात्रा धेरै बढाइ दिन्छ जसका कारण बढेको गुल्कोजलाइ पचाउनको लागी हाम्रो शरिरलाइ एक्सट्रा इन्सुलिनको जरुरि हुँन्छ जस्को सिधा असर हाम्रो अग्न्याशय (पेट) को स्वास्थ्यलाइ पर्दछ र यस्तो स्थितिले डायबिटिजको खतरालाई बढाइ दिन्छ । यो बाहेक मोटोपन र बोसो पनि खाली पेट मिठो खानाले धेरै चाँडो बढ्दछ ।
खाली पेट मिठोमा महको सेवन गर्नु राम्रो मानिन्छ । बिहानको समय महको सेवन गर्नाले हाम्रो शरिरलाइ शक्ति मिल्दछ र साथै यो हाम्रो दिमागको लागी पनि धेरै राम्रो हुन्छ ।

१०. रक्सि

रक्सिको सौकिन व्यक्तिहरु जहिले खाना खानु भन्दा पहिला रक्सि पिउन मन पराउँछन् । किनकि यस्तो गर्नाले रक्सिले धेरै नसा दिँदछ र पेट पनि चाँडो भरिदैंन तर खाली पेट पिइएको रक्सिको हाम्रो स्वास्थ्यमा हुनेवाला नराम्रो असर १० गुणा बढ्दछ र जसको सिधा असर हाम्रो किड्नी, लिभर र मुटुमा हुँदछ । यस बाहेक खाली पेट दारु खनाले रक्सि पिइसके पछि ह्याङओभर, टाउको दुख्ने र पेट बिग्रीने सम्भावना धेरै ज्यादा बढ्दछ त्यसैले रक्सि पिउन भन्दा पहिले केहि न केहि कुरा अवश्य खानुहोस् र धेरै भन्दा धेरै पानी पिउन नबिर्सनुहोस् ।

साथीहरु यि थिए हाम्रो खानपान संग सम्बन्धित केहि साधरण कुराहरु जस्को हामीले दैनिक रुपमा सेवन गर्दा अपनाउनु पर्ने सावधानीहरु ।

Facebook Comments