कुन दिशामा सिरानी लगाएर सुत्दा हामीलाई लाभ हुन्छ – जान्नुपर्ने कुराहरु

sleeping-direction-to-know

तपाइको कुन दिशा तिर सिरानी लगाएर सुत्ने बानी छ ? के तपाइको सुत्ने दिशा सहि छ त ?

यदि तपाइको सहि दिशामा सुत्ने बानी छ भने जिवनमा स्वास्थ्य लगाएत बिभिन्न फाइदाहरु पाउनु हुनेछ ।

तपाइलाइ लाग्न सक्छ कि म अहिले सम्म जस्तो सुकै दिशामा सुत्दा नि केहि भाको छैन तर सन्तुलित रुपमा फिट रहन सहि दिशामा सिरानी लगाएर सुत्न अति आवश्यक छ ।

कुन दिशा तिर सिरानी राख्दा हामीलाइ के हुन्छ जानीराखौं

१. पूर्व दिशामा सिरानी राख्दा

पूर्व दिशामा सिरानी लागाएर सुत्ने बानीले हाम्रो स्मरण शक्ति बढ्ने एवम् मानव स्वास्थ्यमा यसले राम्रो प्रभाव पार्ने देखिएको छ । बिषेश गरि विद्मार्थीहरुलाई यो दिशामा सुत्दा पढ्नुपर्ने भएकाले धेरै फाइदा हुनेछ ।

२. पश्चिम दिशामा सिरानी राख्दा

पश्चिम दिशामा सिरानी राखेर सुत्नु पनि राम्रो मानिन्छ किनभने शास्त्रको अनुसार यो दिशामा सुत्दा नाम, धन र समृद्धि लाभ हुन्छ ।

३. उत्तर दिशामा सिरानी राख्दा

जानकारी बमोजिम् उत्तर दिशामा सिरानी राखेर सुत्दा बिभिन्न रोग लाग्न सक्ने तथा समस्याहरु आइपर्ने देखिन्छ । सामान्यतय मृत व्यक्तिहरुलाई उत्तर दिशामा सुताएर बोक्ने हुनाले यस दिशाको सुताइलाइ नरामे मानिन्छ ।

४. दक्षिण दिशामा सिरानी राख्दा

सुत्दा दक्षिण दिशामा सिरानी राख्नु अति उत्तम् हो किनभने दक्षिणबाट उत्तरी धु्रवतर्फ प्रगतिशिल विद्मुत प्रभाव हुने भएकोले यस प्रकारको सुताइले शरिरमा उर्जा उत्पादन गर्छ ।

त्यसतै गरि वैज्ञानीक बिचार अनुसार बाँया कोखो तिर कोल्टो परेर सुत्ने बानी पनि राम्रो हो । यसरि पल्टिएर सुत्दा सूर्य स्वर निस्किन्छ र त्यो स्वरले हाम्रो शरिरमा गर्मी उत्पन्न गर्नुका साथ–साथै पाचन प्रणालीलाई पनि खाना पचाउन मद्दत गर्दछ । स्वास्थ्य रहनको लागी यो सुताइ हर मानवहरुलाई अति आवश्यक तथा महत्वपूर्ण देखिन्छ ।

Facebook Comments