बलिउड सेलिब्रेटीहरुको विवाह खर्च विवरण – जान्नुहोस् कस्को विवाहमा कति खर्च भयो ।

marriage-expenses-of-indian-celebrities

हालै बलिउड सुपस्टार जोडि दिपिका पादुकोण र रणवीर सिंहले इटलीमा विवाह गरेका छन् । जोडिले विवाहको भोज भारतको मुम्वइ शहरमा दिँदै छन् । मिडियालाई विवाहमा निषेध गरेका कारण विवाहका कुनै पनि तस्वीर सार्वजनिक भएको छैन । उनीहरुले आफ्नो विवाह गोप्य रुपले सम्पन्न गर्न यस्तो गरेका थिए । इटलीको लेक कोमोमा स्थित भिला डेल बालबियानेलोमा १४–१५ नोभेम्वर २०१८ सालमा दिपिका र रणवीरको विवाह सम्पन्न भएको थियो ।

marriage-expenses-of-deepika-and-ranveer-singh

विवाह घर देखि लिएर बेहुला–बेहुलीको पोषाकको खर्च एकदमै महंगो देखिएको छ । ९ लाख भारु मूल्य भएको लहेंगा दिपिकाले लगाएकी थिइन् र उनले लगाएको सेलिटेयर स्क्वायर आकारको औंठीको मूल्य २ करोड ७० लाख भारु थियो ।

expensive-ring-given-by-ranveer-to-deepika-padukone

विवाहमा सहभागी व्यक्तिहरु बस्ने होटेल पनि औघि महंगो थियो त्यस होटेलमा ७५ वटा कोठा छन् र ७ वटा रेष्टुरेण्ट तथा बार पनि छन् । यस होटेलको एउटा कोठाको मूल्य प्रति दिन ४०० यूरो अर्थात ५०,००० रुपैंया लाग्ने बुझिएको छ ।

यस हिसाबले दैनिक होटेलको खर्च लगभग ४० लाख भन्दा बेसि देखिएको छ । अन्य भारतमा हुने पार्टीको खर्च अझ जोड्न बाँकी नै देखिन्छ । यो विवाह चाँहि खर्च गर्ने तरिकाले नै गरिएको हो । यस अघि पनि थुपै्र बलिउड सेलिबे्रटीहरुले आफ्नो खर्चिलो विवाह गरेका थिए ।

तिन बलिउड सेलिबे्रटीहरुको विवाह खर्च विवरण जान्नेछौं

१. बलिउड नायिका अनुष्का शर्मा र भारतका क्रिकेट कप्तान विराट कोहली

wedding-expenses-of-anushka-and-virat

गएको बर्ष ११ डिसेम्वर २०१७ सालमा नायिका अनुष्का शर्मा र विराट कोहलीले पनि इटली मै विवाह गरेका थिए । भारतीय परम्परा अनुसार यि दुई जोडिले इटलीको टस्क्यानी शहरको बोर्गो फिनोसिटो रिसोर्टमा विवाह गरेका थिए ।
फोब्स म्याग्जिनको रिपोर्ट अनुसार उनीहरुले रिसोर्टमा एक साता कोठा भाडाको मूल्य करिब १ लाख ५० हजार अमेरिकन डलर तिरेका थिए । विवाह घर लगाएत अनुष्का र विराटले लगाएका पोषाक, मगनीको औंठी र रिसेप्सन पार्टीमा निकै नै पैसा खर्च भएको थियो । जानकारी बमोझिम विराटले अनुष्कालाई लगाइ दिएको औंठीको मूल्य १ करोड ५० लाखको थियो भने अनुष्काले लगाएको लहेंगाको मूल्य ४५ लाखको थियो ।

२. बलिउड सुपरस्टार नायिका एश्वर्य राय र नायक अभिषेक बच्चन

aishwarya-rai-abhishek-bachchan-wedding-expenses

बलिउड नायिका एश्वर्य राय र नायक अभिषेक बच्चनले एक बर्ष प्रेम सम्बन्धमा बसेर विवाह गरेका थिए । उनीहरुको विवाह २० अप्रेल २००७ सालमा भारतको मुम्बई शहरमा भएको थियो । यिनीहरुको विवाहमा पनि निकै खर्च भएको थियो । विवाहमा एश्वर्यले लगाएको लुगाको मात्र मूल्य ७५ लाख भारु रुपैंया थियो । अभिषेक र एश्वर्यको विवाहमा करिब ११ करोड भारु रुपैंया खर्च भएको थियो र जो अहिले भन्दा करिब ११ साल पहिलेको कुरा हो र त्यस समयको हिसाबले त्यो रकम औधि नै महंगो हो ।

३. बलिउड सुपरस्टार नायिका शिल्पा सेट्टि र राज कुन्द्रा

wedding-expenses-of-shilpa-shetty-and-raj-kundra

सन् २००९ २२ नोभेम्वर का दिन नायिका शिल्पा सेट्टिले व्यपारी राज कुन्द्रा संग विवाह बन्धनमा बाधिएकी थिइन् । व्यापारी राज कुन्द्राले ३ करोड भारु पर्ने औंठी विवाहमा शिल्पालाई लगाई दिएका थिए । विवाहमा शिल्पाले लगाएका लहेंगाको मूल्य ५० लाख भारु रुपैंया थियो । विवाहको पहिलो सालगृहमै व्यपारी राजले शिल्पालाई दुवईमा रहेको संसारकै अग्लो घर बुर्ज खलिफाको १९ औं तलामा एउटा अपार्टमेन्ट गिप्ट गरेका थिए र त्यस अपार्टमेन्टको खरिद मूल्य ८० लाख अमेरिकन डलर थियो ।

Facebook Comments