पोर्न स्टार सन्नी लियोनीलाई मिल्यो दोस्रो तमिल चलचित्र, नाम हुनेछ “अयोग्य”

sunny-leone-tamil-movie

सन्नी लियोनीलाई दोस्रो तमिल फिल्म पनि मिलिसकेको छ यिनी अब ठूलो प्रोजेक्ट संग जोडिन गइरहेकी छिन् ।

सन्नी लियोनीले आफ्नो फिल्म वीरमदेवीबाट तमिल चलचित्रमा डेब्यू गरेकी हुन् । वीरमदेवीमा यिन्ले प्रमुख भुकामा निर्वाह गरेकी छिन् । अहिले सन्नीलाई दोस्रो तमिल चलचित्र पनि मिलिसकेको छ ।

रिपोर्टको अनुसार, चलचित्र “अयोग्य” को निर्माताले सन्नी लियोनीलाई अप्रोच गरेका थिए । यस चलचित्रमा उनि प्रमुख भुमिकामा छैन खाली आइटम नम्बरमा मात्रै देखिने छिन् । यस चलचित्रको निर्देशन निर्देशक वेंकट मोहन गर्दै छन् । यसमा मुख्य भुमिका विशाल, राशि खन्ना, केएस रविकुमार आदिले गर्दैछन् ।

भन्नुपर्दा अब सन्नी लियोनी चाँढै नै फिल्म “वीरमदेवी” मा देखा पर्ने छिन् तर अहिलेबाट नै यस चलचित्रको विरोध हुन थालीसकेको छ । केहि दिन पहिले कर्नाटकको केहि संगठन यस फिल्ममा सन्नी लियोनीलाई राखेको विरोध गरेको थियो ।

पद्मावत जस्तै अब चलचित्र वीरमदेवीको पनि विरोध, सन्नी लियोनीलाई हटाउने माग

कन्नड रचना वेदिको युवा सेनाको भनाइ छ कि सन्नीको यस चलचित्रमा हुनु एक ऐतिहासिक चरित्रको अपमान हो । यस संगठनले धम्की दिएको छ कि यदि फिल्मलाई रोकिएन भने पद्मावत जस्तै विरोध गरिने छ । हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार केहि युवाहरुले विरोधमा ब्लेडले आफ्नो हात समेत काटेका थिए ।

संगठनको प्रमुख आर. हरिशले भन्नुभएको थियो “यो सहि होइन कि सन्नी लियोनी यस्तो ऐतिहासिक चरित्रको भुमिका खेलुन्, जस्ले हिन्दु हितको संरक्षण गरेकी थिइन् । सन्नी लियोनी बयस्क चलचित्र स्टारका रुपमा चिनिन्छिन् । उन्ले यस्तो चरित्र अभिनय गर्नु हुँदैन जो चाँहि सिर्फ कर्नाटकमा मात्र नभएर पूरै भारत देशमा चर्चित छिन् । कर्नाटकमा वीरमदेवीले धेरै मंदिहरु बनाएका थिए ।

Facebook Comments