नेपाली चलचित्रका चर्चीत नायक विराज भट्ट रमाइलो फिल्म् बनाउने तयारिमा

biraj-bhatta-new-movie

नायक विराज भट्ट नेपाली फिल्म् इन्डष्ट्रिका चर्चीत नायक हुन् । उनले धेरै नेपाली प्रख्यात चलचित्रहरुमा काम गरिसकेका छन् र नेपाली फिल्म् समाजमा उन्का धेरै फ्यानहरु प्नि छन् ।

नायक विराजले भोजपूरी सिनेमा जगतमा पनि काम गरे र त्यस क्षेत्रमा यिनले पैसाको साथ–साथै राम्रो नाम कमाए ।
केहि समय अघि लामो समय पश्चात् निर्देशक रोज राणाको “जय प्रशुराम” चलचित्रमा विराजले अभिनय गरेका थिए । सो चलचित्र राम्रो संग नचलेकोले बिचमा नायक सिनेमा क्षेत्रबाट हराएका थिए ।

यिनै नायक फेरि नयाँ चलचित्र खेल्ने तर्खरमा छन् र यो चलचित्रको नाम “संगालो” राखिएको छ । नायक विराज संगाालो चलचित्रबाट पुनह नेपाली फिल्मी समाजमा चर्चामा आउने तर्खरमा छन् ।

जानकारि बमोझिम “संगालो” चलचित्रको निर्देशन आफै गर्ने नायक विराज भट्ट बताउँछन् । उनका भनाइ अनुसार चलचित्रको कथा रमणीय हुनेछ र जस्मा पारिवारीक कथा, प्रेम कथा र एक्सन् सम्लग्न हुनेछन् ।

चलचित्रमा केवल एउटा नायिका हुनेछिन् र उन्को भुमिका नायक सो–सरह हुनेछ तर नायिका कस्लाइ राख्ने भन्ने निर्णय अझै गरिएको छैन र नायिकाको खोजि जारीनै रहेको हामी पाउँछौं ।

यस चलचित्रमा संगित राजनराज सिवाकोटी, सुरेश अधिकारी र बिनोद खम्बुले दिनेछन् । संगितकारहरुले फिल्म्का निम्ती ३ वटा मधुरमय गित तयार गरेका छन् । विराज भन्छन् चलचित्रमा अझै कथा वस्तु नपुगेकोले सिनेमाको छायांकनमा अझै समय लाग्न सक्छ ।

Facebook Comments