अमिर खान र अमिताभ बच्चनले पनि सोचेका थिएनन् “ठग्स अफ् हिंदुस्तान” को यस्तो हाल हुन्छ भनेर – कमाई सोचेको जस्तो नभएको

worst-income-of-movie-thugs-of-hindustan

यसराज ब्यानको ठूलो बजेट चलचित्र “ठग्स अफ् हिंदुस्तान” आफ्नो दोस्रो हप्तामा प्रवेश गर्दैछ । पहिलो हप्ता जसरी चलचित्रको हाल थियो त्यसपछि पनि दोस्रो हप्तामा यसबाट धेरै केहि आशा देखिएन । तिहारको मौकामा रिलीज भएको ठग्स अफ् हिंदुस्तानबाट धेरै आशा थियो जस्लाई पुरा गर्न चलचित्र असफल भयो ।

movie-scene-of-thugs-of-hindostan

अमिर खान र अमिताभ बच्चन स्टार यस सिनेमाको अभिनय धेरै आलोचना भयो । तिहारको बिदालाई मध्य नजर गरि मानिएको थियो चलचित्र पहिलो हप्तामा डेढ सय करोडको कमाई त सजिलै कमाउँछ । पहिलो दिन चलचित्रले ५० करोड भन्दा बढिको कमाई पनि गरिसकेको थियो, त्यही ८ औं दिन सम्म आउँदा–आउँदा यो बक्स अफिसमा हुस्सु जस्तै हुन पुग्यो ।

amir-amitabh-in-movie-thugs-of-hindustan

चलचित्र आलोचक तरण आदर्शको भनाइ अनुसार, हिंदि भाषमा ठग्स अफ् हिंदुस्तानले पहिलो दिन बिहिवार ५० करोड ७५ लाख, शुक्रवार २८ करोड २५ लाख, शनिवार २२ करोड ७५ लाख, आईतवार १७ करोड २५ लाख, सोमबार ५ करोड ५० लाख, मंगलवार ४ करोड ३५ लाख र यस्तै गरि बुधवार ३ करोड ५० लाख कमाइ गरेको थियो । यसै गरि चलचित्रले ७ दिनमा कुल १३२ करोड ३५ लाख को कारोबार गरेको छ ।

katrina-amir-in-thugs-of-hindustan-movie

यही चलचित्रले दास्रो पट्टि तामिल र तेलुगु भाषामा अहिले सम्म कुल कमाई ५ करोड २० लाख गरिसकेको छ । तिनवटै भाषाको चलचित्रको कमाइलाई मिलाउने हो भने चलचित्र ठग्स अफ हिंदुस्तानको कुल कमाई १३७ करोड ५५ लाख देखिन्छ । जब दोस्रो हप्तामा चलचित्र प्रवेश गरिसकेको छ भने अनुमानको अनुसार बिहिवारका दिन यसको कमाई २ देखि ३ करोड ५० लाख जति तानीन सक्नेछ ।

thugs-of-hindustan-funny-scene

२४० करोडको बजेटमा बनेको चलचित्र “ठग्स अफ हिंदुस्तान” करिब ५००० पर्दामा रिलीज भएको छ । यति मात्र होइन चलचित्रलाई संसार भरीमा ७००० पर्दामा प्रस्तुत हुने मौका मिलेको छ । चलचित्रलाई कुल तिन भाषा हिंदी, तमिल र तेलुगुमा रिलीज गरिएको छ यस चलचित्रलाई विजय कृष्ण आचार्यले निर्देशन गरेका हुँन् । आचार्यले यस भन्दा अघि धूम ३ बनाएका थिए र त्यस चलचित्रमा पनि नायक अमिर खान र नायिका क्याट्रीना केफ थिए ।

amir-khan-firangi-in-thugs-of-hindustan-movie

Facebook Comments