मिस नेपाल श्रीखंला खतिवडाको जीवन सम्बन्धि सुन्दर भिडियो हेर्नुहोस् ।

introduction-life-video-of-shrinkhala-khatiwoda

२०१८ सालकी मिस नेपाल श्रीखंला खतिवडा मिस वर्ड प्रतियोगिताका लागी चीन पुगेकी छिन् । आफ्नो देशको सहभागीता जनाउँदै उनी विश्व सुन्दरी प्रतियोगिताको बिभिन्न चरणहरुमा सहभागिता जनाइरहेकी छिन् ।

उनले भिडियोमा बताए अनुसार उनी एक सानो बस्तीमा जन्मिएकी हुँन् जहाँ सुन्दर हिमालयहरुको गल्छी र तराइको हराउने हरियाली वन रहेको छ । बास्तवमा उनले आफ्नो यो कुरा भनेर आफ्नो देशको परिचय दिन खोजेकी हुन् ।

उनकी आमाले उनलाई सानै उमेर देखि जीवनको साँचो मूल्यको बारेमा सिकाउँने गर्थिन् जस्तै निस्वार्थ रहन, जरुरत या खाँचोमा परेकालाई दिने ह्रदय बनाउँन ।

श्रीखंला खतिवडाले नेपालको प्रख्यात इन्जिनियरिङ कलेज “पुल्चोक इन्जिनियरिङ कलेज” बाट वि.सं २०६९ सालमा आर्किटेक्ट संकायबाट आफ्नो स्नातक तहको पढाई सकेकी थिइन् र उनी आफ्नो संकायको कलेज टपर पनि हुँन् ।

उनले आफ्नै अफिसियल यूट्यूब च्यानलमा आफ्नो सुन्दर जीवनी भिडियो बनाई राखेका छन् र यो भिडियो अहिले निकै मानिसको चर्चाको बिषय पनि देखिएको छ । आउँनुहोस् उनको जीवनीलाई यस तल दिइएको भिडियोमा राम्ररी जानौं ।

Facebook Comments