रणवीर सिंह र दिपिका पादुकोणको विवाह हुने पक्का

ranveer-deepika-marriage-confirmed

धेरै पछिको पर्खाई पछि दिपिका र रणवीरको विवाहको मिती पक्का भएको छ । दिपिका र रणवीरले आफ्नो विवाह १४—१५ नोभेम्वर २०१८ मा हुने घोषणा गरेका छन् ।

वलिउड नायक रणवीर सिंह र दिपिका पादुकोणको विवाह वलिउड समाजको मुख्य चर्चाका विषय रहेको देखिन्छ । जानकारी बमोझिम् यि जोडि विवाह समारोहका लागी नोभेम्वर १० मा इटली जानेछन् ।

उनीहरुको विवाह इटलीको लेक कोमोमा हुनेछ, लेक कोमो संसारकै सुन्दर ताल मध्यको एउटा प्राकृतिक सौन्दर्यले सजिएको ताल हो । इटलीबाट फर्किए पस्चात १ डिसेम्वरका दिन रणवीर र दिपिकाले आफ्ना चलचित्र समुदायका मित्रहरुका लागी मुम्वईमा स्वागत भोजको आयोजना गर्नुभएको छ र उनीहरुले ब्याङलोरमा पनि दिपिकाको स–परिवारका निम्ति २१ नोभेम्वरमा स्वागत भोजको राखेका छन् ।

विवाह कसरी सम्पन्न हुनेछ र विवाहमा मुख्य अतिथिहरु को–को हुनेछन्त जान्नुहोस्

धेरै बलिउड स्टारहरुको सहभागीता भोजमा हुने देखिएकाले कार्यक्रम एकदमै भब्य हुने सम्भावना देखिएको छ । रणवीर सिंधि—पंजाबी र दिपिका कर्नाटका भएको हुँदा विवाह दुवै रित अनुसार सम्पन्न हुनेछ ।

यस विवाहका सदस्यका रुपमा आलिया भाट, करन जोहर, सन्जय र लिला बन्साली रहेका छन् र अतिथीका रुपमा सारुख खान, वरुन धवन, रोहीत सेट्टी पनि सो विवाहमा आउने छन् ।

आफ्नो विवाह गोप्य रुपले सम्पन्न होस् भन्ने चाहेर यी जोडिले आफ्ना पाहुनाहरुलाई विवाहमा तस्वीरहरु नखिच्न समेत आग्रह गरेका छन् । मेहेन्दि, संगीत र विवाह मुम्वइको ए ५ तारे होटेलमा हनसक्ने जानकारीले गर्दा विवाह मुम्वैमा पनि हुन सक्ने हल्ला सुनिएको पाइन्छ ।

Facebook Comments