भारत चलचित्रको क्लाइमेक्स खिच्न मात्रै १० करोडको सेट

ten-crore-climax-set-bharat

बलिउडका प्रख्यात सुपरस्टार सल्मान खान र कट्रिना कैफले अभिनय गरेको बलिउड चलचित्र “भारत” को अहिले निकै चर्चा भइरहेको छ । यो चलचित्र २०१९ सालको दर्शकहरुले सबै भन्दा बेसि प्रतिक्षा गरेको चलचित्रको रुपमा देखिएको छ ।

यस अघि सल्मान खानले अभिनय गरेको चलचित्र “रेस ३” ले राम्रो उपलब्धि गर्न नसकेको हुँनाले अबको यो चलचित्र “भारत” इद चाडको बेला रिलिज हुँने प्रतिक्षा विशेष गरि सल्मान खानका फ्यानहरु ग्रिरहेका छन् ।

भारतीय सञ्चार माध्यमको जानकारी अनुसार भारत चलचित्रको क्लाइमेक्स खिच्न मात्रै १० करोडको सेट तयार पारिएको छ । यो सेट मुम्बईमा फिल्म सिटीमा तयार गरिएको हो र यस सेटले दिल्लीको दृश्य देखाउँने छ ।

इदका दिन रिलिज हुन गइरहेको उक्त हिंदी चलचित्र भारत तामिल, तेलगु र मल्यालम भाषामा पनि डबिङ गरि सबै भाषामा सो चलचित्र एकै समयमा नै रिलिज हुँनेछ । भारतीय मिडियाले चलचित्र अन्य भाषामा डबिङ गर्न उल्लेखित भाषा जान्ने कलाकारहरुको खोजी समेत भइरहेको बताएका छन् ।

हाल बलिउडका सुपरस्टार सल्मान खान क्लाइमेक्स सुटिङका लागी मुम्बइमा बसिरहेका छन् । यस भारत चलचित्रको निर्देशन अलि अब्बास जफरले गरिरहेका छन् भने चलचित्रको क्लाइमेक्सका लागी सल्मान खान निकै नै मेहेनत गरिरहेका छन् ।

Facebook Comments