नेपाली चेली प्रियाले फिलिपिन्समा आयोजित मिस अर्थमा जितिन् सिल्भर मेडल – भिडियो सहित

priya-sikdel-won-silver-medal

हालै फिलिपिन्समा मिस अर्थ सौन्दर्य प्रतियोगीता भईरहेको छ र सो समारोहमा नेपालको प्रतिनिधित्व गर्न प्रिया सिक्देल त्यहाँ गएकी छिन् ।

२३ वर्षिया प्रिया सिक्देल मिस नेपाल नेपाल प्रतियोगीताको सन् २०१८ को संस्करणमा दोस्रो भएकी थिइन् । तिनै प्रिया सिक्देल मिस अर्थको ट्यालेन्ट कम्पीटिसनमा पनि मनमगन गितमा आफ्नो कला देखाएर दोस्रो भएर मेडल जितेकी छिन् ।

प्रियाले नेपाली भेष–भुषाको पहिचान गराउने पहिरनमा सजिएर सहज र आकर्सक नृत्य प्रदर्शन गरेकी थिइन् । यस प्रतियोगीतामा ८८ देशका सुन्दरीहरु प्रतिसप्रधाका लागी सहभागी भएका थिए । उक्त सुन्दरी प्रतियोगीतामा प्रतियोगीहरुलाई ३ समुहमा क्षमता देखाउन भनी बिभाजन गरि ट्यालेन्ट प्रतियोगीता गरिएको थियो ।

यस अघि प्रिया सिक्देलले स्पोन्सर एवार्ड प्रतियोगीतामा “डि.बि बोयर फार्म एम्बेसेडर” अवार्ड पनि जितेकी थिइन् । यि अवार्डहरु जितेका कारण यहि ३ नोभेम्वरमा हुने मिस अर्थको फाइनलमा प्रियाको टाइटल जित्ने सम्भावना अझै धेरै भएको हामी देख्दछौं । भिडियो हेर्नुहोस्…..

Facebook Comments