इटहरीका ११ वर्षिय प्रितम आचार्यले भारतीय चर्चित सांगितिक कार्यक्रम सारेगामापामा अद्भुत प्रदर्शन गरे (भिडियो हेर्नुहोस्)

pritam-acharya-saregamapa

इटहरीका भर्खरका कलिला ११ वर्षिय बालक प्रितम आचार्यले हालै भारतमा हुँने चर्चित सांगितिक कार्यक्रम सारेगामापामा आफ्नो अद्भुत कलाको प्रदर्शन गर्दै जज तथा कार्यक्रममा सहभागी सम्पूर्ण मानिसहरुलाई चकित पारेका छन् ।

उन्ले भारतीय चलचित्र बोडरको “सन्देश आति हे” भन्ने गाना उक्त कार्यक्रममा प्रस्तुत गरेका थिए ।

उन्को प्रस्तुतिलाई मध्यनजर गर्दै कमेन्टमा जज हर्षदिप कौरले सारेगामापाको मञ्च उन्को लागी नै बनेको कुरा व्यक्त गर्नु भयो भने अर्का जज अमाल मलिकले आश्चर्य मान्दै यदि सानो उमेरको बालकमा सारै शक्तिशाली स्वर भएको र उनको प्रदर्शनीले उनका आँखामा आँशु समेत आएको कुरा व्यक्त गर्नुभयो ।

अमाल जजले आफु सितिमिति नरुने तर उनको गाना सुनेर उनका आँखामा आँशु थाम्न नसकेको कुरा बताउँनु भयो ।

उहाँले ११ वर्षिय बालकले उनको अगाडि पुरै बोर्डर चलचित्र नै देखाइदिएको कुरा व्यक्त गर्नुभयो । उनले आचार्यलाई उनको प्रतिभाको कारण आफ्नो लक पनि नचाहिने कुरा बताउँनुभयो ।

सबै दृश्य भिडियोमा हेर्नुहोस्…

इटहरिका हाम्रो भाई प्रितम आचार्यले दिए (भारतको) Sa Re Ga Ma Pa Li'l Champs show मा धमाकेदार प्रस्तुति ।

इटहरिका हाम्रो भाई प्रितम आचार्यले दिए (भारतको) Sa Re Ga Ma Pa Li'l Champs show मा धमाकेदार प्रस्तुति ।जजहरूले पहिलाे प्रस्तुतिमै उत्कृष्ट भने ! भिडियो हेरेर सक्दो सेएर गर्नुहोला ।

Posted by Namaste Nepal on Sunday, February 10, 2019

Facebook Comments