छोरा–छोरीको नाम सहित आमा बनेका १० नेपाली चर्चित नायिकाहरु – तस्वीरहरु सहित

आमा बन्नु भनेको महिलाहरुमा भूमिकाको बदलाव आउँनु हो र आमा बने पश्चात यो बद्लाव सबै महिमामा आउँने गर्दछ । चलचित्रलाई अझ त्यस्तो संसार मानिन्छ, जहाँ काम गर्न या टिक्नका लागि सधैं शारिरिक रुपमा तन्दरुस्त देखिनुपर्छ भने नायिकाका लागि यो मापदण्ड अनिवार्य जस्तै हो । आमा बनेपछि महिलाहरुमा ठूलो शारिरीक परिवर्तन आउने भएकाले आफूलाई मेन्टेन गर्दै चलचित्रमा ‘कमब्याक’ गर्नु भनेको उनीहरुलाई चुनौतीपूर्ण कुरा हो ।

तर, संसारमा केही हिरोइनहरुका यस्ता पनि छन् जसको फिल्मी पेशा आमा बन्नुअघि र आमा बनिसकेपछि पनि कुनै परिवर्तन आएको देखिदैंन । यस्तै हिरोइनमा गनिने गर्छिन् — बलिउड नायिका एन्जेलिना जोली तर नेपालको संदर्भमा नायिका आमा बनेपछि चलचित्रमा ‘कमब्याक’ गरेका उदाहरण भने कमै देखिन्छ ।

कमब्याक गरिहाले ती कमब्याक भने सुखद् भएको देखिएको छैनन् । धेरै जसो नेपाली नायिकाहरु आमा बन्नसाथ फिल्मबाट गायब भएका देखिन्छन् । आमा बनेपछि पनि निरन्तर नेपाली फिल्ममा कतिपय हिरोइनहरु सक्रिय त भएका छन् तर सुखद् नतिजा हात पार्न उनीहरुमध्ये केहि मात्र सफल भएका छन् । नेपाली चलचित्र संसारमा लामो समय चर्चामा रहेका धेरै नायिकाहरु आमा बनीसकेका छन् ।

आमा बनेका १० नेपाली हिरोइनबारे तयार पारिएको यो लिष्टः

१. मेलिना मानन्धर

melina-manandhar-with-her-daughter
मेलिना मानन्धर कुनै समयकी चर्चित नायिका हुन् । दर्जनौं फिल्ममा अभिनय गरिसकेकी यी नायिका सन् १९९३ मा ‘मिलन’ फिल्मबाट नेपाली रजटपटमा उदाएकी हुन् । उन्ले ८ वर्षअघि जापानबाट फर्किएका प्रवासी मुकेश ढकालसँग प्रेम विवाह गरेकी हुन् । विहेपछि उनले पति मुकेशसँगै ‘हलचल’ फिल्ममा काम गरेकी थिइन् । ‘सीमाना’, ‘अपराध’ ‘जाली रुमाल’, ‘बन्धन’, ‘दाइजो’ ‘रानीखोला’, ‘प्रियसी’, ‘माटो बोल्छ’, ‘मामाघर’ ‘अर्पण’ ‘छोराबुहारी’ ‘संगम’ ‘ज्वालामुखी’जस्ता फिल्ममा काम गरिसकेकी मेलिनाको रुप, नृत्य र अभिनय तारिफको योग्य हुन्थ्यो ।

‘करुणा’ नामक टेलिश्रृखलाबाट पनि चर्चा बटुल्न सफल नायिका हुन् मेलिना । आफै निर्माता बनेर यि ३९ बर्षीया नायिका मेलिनाले ‘ज्वालामुखी’ चलचित्र निर्माण गरेकी थिइन । उन्ले विवाहको अर्को वर्ष २८ कात्तिक २०६७ मा पहिलो सन्तानका रुपमा छोरी मेलिस्कालाई जन्म दिएकी हुन् । आमा भएको डेढ वर्षपछि मेलिनाले नेवारी चलचित्र मार्फत कमब्याकको प्रयास गरेपनि त्यसपछि भने उनी नेपाली सिनेमा जगतमा देखिएकी छैनन् ।

२. सुष्मिता बम्जन

actress-sushmita-with-her-son
कुनै समयकी नेपालकी नायिकामा गनिने नायिका हुन् सुष्मिता बम्जन । सुष्मिताको जन्म दार्जिलिङमा भएको थियो । जब उनी भुवन केसीकी दोस्रो पत्नी बनिन् तब यि नायिकाको चर्चा नेपाली चलचित्र जगतमा चुलियो । ‘नेपालीबाबु’, ‘त तँ साह्रै बिग्रिस नि बद्री’, ‘सुपर स्टार’, ‘तिमी बिना मरिहाल्छु नि’जस्ता सिनेमा खेलिसकेकी यि नायिका भुवन केसीसँग विवाह पछि सुष्मिता केसीका नामले चिनिन थालिन् । अनमोल केसी भुवन र सुष्मिताका केसीका सुपुत्र हुन् । अहिले सुष्मिता र भुवन केसी आपसी विवादका कारण अलग—अलग बस्दैं आएको देखिन्छ । यिनका छोरा अनमोल केसी भने अहिल नेपाली चलचित्रका चर्चित युवा स्टार नायक हुन् ।

सुष्मिताले आमा बनेपछि नेपाली चलचित्रमा कमब्याक त गरेकी थिइन् तर उनको कमब्याक भने राम्रो हुन सकेन । आफ्ना छोरा अनमोलको नाममा अहिले उन्ले अनमोल क्रियसन नाम गरेको चलचित्र निर्माण कम्पनी दर्ता गरेर चलचित्र निर्माण गर्ने कार्यमा सक्रिय बनेकी देखिन्छिन् । उन्ले अनमोल क्रियसन ब्यानरमा ‘म त तिम्रै हो’ भन्ने सिनेमा पनि निर्माण गरिसकेकी छिन् ।

३. माल्भिका सुब्बा

mother-actress-malvika-subba
माल्भिका सुब्बा सन् २००२ सालकी नेपाल सुन्दरी हुन् । आम–सञ्चारकी स्नाकोत्तर माल्भिकाको परिचय यतिमा मात्र सिमित छैन उनी अभिनेत्री, मोडल, सञ्चारकर्मीका साथै–साथै उद्यमी पनि हुन् । २०३८ सालमा जन्मिएकी सुब्बाले ‘गड लाइभ इन द हिमालयज, गुड बाई काठमाण्डू लगायतका चलचित्रमा अभिनय गरिसकेकी छिन् । माल्भिका अभिनयमा मात्र सिमीत नरहेर, उनले चलचित्र निर्माणमा पनि हात हालिन् । केही समयअघि रिलिज भएको ‘हाउ फन्नी’ चलचित्र उनले निर्माण गरेकी थिइन् ।

कल कान्तिपुर लगायतका केही टेलिभिजन कार्यक्रममा सञ्चारकर्मीका रुपमा समेत काम गरेकी माल्भिकाले जिवनशैली र फेशनसँग सम्बन्धित् एक म्यागेजिनको प्रमुख सम्पादकको जिम्मेवारी पनि सम्हालिन् । उनले राजधानी काठमाण्डौंमा आफ्नै लगानी लगाएर लुगा पसल पनि सञ्चालनमा गरिरहेकी छिन् ।

माल्भिकाले रियाज श्रेष्ठसँग वि सं २०६९ सालको बैशाखमा प्रेम विवाह गरिन् । त्यसको ४ वर्षपछि गत २ बैशाख २०७३ सालमा उनले पहिलो सन्तानका रुपमा छोरा जाइर रिओ सुब्बालाई जन्म दिएकी हुन् । माल्भिकाले आमा बनिसकेपछि चलचित्रमा पुनरागमन गर्छिन कि गर्दिनन्न् त्यो भने निश्चित भइसकेको छैन किनभने अहिले उनी सन्तान हुर्काउनमा ब्यस्त देखिन्छिन् ।

४. सञ्चिता लुइँटेल

sanchita-luitel-with-her-children
नेपाली नायिका सञ्चिता लुइटेल कुनै समय आफ्नो सुन्दरताकै कारण चर्चाको शिखरमा थिइन् । सञ्चिताले खेल्ने चलचित्र र उनको अभिनय दुवैले राम्रो चर्चा र तारिफ बटुलेको थियो । सन् १९९९ मा ‘अप्सरा’बाट नेपाली फिल्ममा डेब्यु गरेकी सञ्चिताले ‘आर्शिवाद’, ‘मुनामदन’, ‘विष’, ‘छोडिगए पाप लाग्ला’, ‘दासढुंगा’, ‘पर्खि राख है’, ‘कालापानी’, ‘इन्द्रेणी’, ‘कोही मेरो’, ‘दाग’, ‘बन्दी’लगायतका थुपै्र चलचित्रमा अभिननय गरिसकेकी छिन् ।

सन् २०१० मा सञ्चिताले सन् २००२ मा ‘पिजडा’ चलचित्रबाट डेब्यु गरेका नायक निखिल उप्रेतीसँग विवाह बन्धनमा बाँधिन पुगिन् । त्यस अघिको उन्को पहिलो विवाह भने असफल भएको थियो । निखिलसँग विवाह गरेको एक वर्ष पछि सन् २०११ को साउनमा उन्ले पहिलो सन्तानका रुपमा अर्थवलाइ जन्म दिइन् ।

त्यस लगतै उनी अर्को सन्तानकी आमा बनिन् र उन्को अर्को सन्तानको नाम सानभी हो। आफ्ना सन्तानहरु हुर्काउन केही समय खर्चेपछि उनी पुनः नेपाली चलचित्रमा कमब्याकको तयारीमा देखिएकी छिन् । मानिएको निर्देशक योगेश घिमिरेले बनाउँदै गरेको महत्वकांक्षी प्रोजेक्ट ‘राधा’ चलचित्रबाट सञ्चिताको कमब्याक असरदायि हुने अपेक्षा गरिएको छ ।

५. करिष्मा मानन्धर

actress-karishma-with-her-daughter
नेपाली नायिका करिष्मा मानन्धर सन् १९८८ मा ‘सन्तान’ चलचित्रको ‘कान्ता’ नामकी जवान केटिको भूमिकामा १४ वर्षमै अभिनय यात्रा सुरु गरेकी हुन् त्यस पश्चात निरन्तर नेपाली चलचित्रमा उनी सक्रिय नायिका देखिन्छिन् । करिष्मा केसीको विनोद मानन्धर संग १९९२ मा ‘कस्तुरी’ चलचित्रमा संगै काम गर्दा लभ पर्यो र पछि गएर त्यो पे्रम विवाहमा परिणत भएको थियो । झण्डै करिष्मा आमा बनेकै १९ बर्ष भयो र सन्ताको रुपमा उनको एउटा छोरी छिन् । उनको छोरीको नाम कविता हो र उनी अमेरीकामा अध्ययन गर्छिन् ।

नायिका करिष्माले ‘दंगा फसाद’, ‘मायालु’, ‘ट्रक ड्राइभर’, ‘भाउजु’, ‘एक नम्बरको पाखे’, ‘बाबुसाहेब’, ‘साथी’, ‘बसन्ती’, ‘ढुकढुकी’जस्ता सिनेमा अभिनय गरेकी थिइन् । करिष्मा अमेरिका बसेर फर्केपछि नेपाली फिल्ममा कमब्याक गर्न त खोजेकि थिइन् तर सफल भने हुन सकिनन् त्यसैले अहिले उनले चलचित्र निर्माण गर्न तिर हात हालेकी छिन् । केही समय पहिले उनको रिलिज भएको चलचित्र ‘फागु’ ब्यापारिक रुपमा खासै सफल हुन नसकता पनि ४२ वर्षीया करिष्माको अहिले पनि नेपाली फिल्म जगतमा उतिकै चर्चा हुने गरेको हामी जान्दछौं । यतिमात्र नभइ, पछिल्लो समय करिष्मा चलचित्र भन्दा पनि नयाँ शक्ति नेपाल राजनैतिक पार्टि मार्फत राजनीतिमा सक्रिय रहेका कारण चर्चामा देखिएकी थिइन् ।

६. झरना बज्रचार्य

actress-jharna-with-her-son
झरना बज्रचार्य पछिल्लो समयमा आमा बनेकी अर्की नायिका हुन् । उनले चैत २८ गते २०७२ सालमा मलेसियामा छोरा जन्माएकी हुन् । भारतीय मूलका अमेरिकन ब्यवसायी राहुल अग्रवालसँग सन् २०१५ मार्चमा झरनाले विवाह गरेकी थिइन । उनी त्यसअघि नेपाली फिल्ममा सक्रिय नायिकाको रुपमा प्रख्यात थिइन् । सन् १९९७ सालकी नेपाल सुन्दरी झरना बज्रचार्य नेपाली चलचित्र जगतमा सर्वाधिक तथा आकर्षक नायिका मानिन्छिन् । उनले कुनै समय ‘म्युजिक भिडियो क्वीन’ को छवि समेत बनाएकी थिइन् । झरनाले सन् १९९७ सालमा ‘हतियार’ सिनेमाबाट चलचित्र क्षेत्रमा डेब्यु गरेकी थिइन् ।

उनले ‘लभ इन नेपाल’, ‘परेनी माया जालैमा’, ‘सिउदोको सिन्दुर’, ‘बादल पारी’, ‘कोही मेरो’ लगायतका चलचित्रमा अभिनय गरे सकेकी छिन् । झरनाको जन्म सन् १९८१ मा भएको थियो र उनी सिद्धार्थ बनस्थली क्याम्पस्मा अध्ययन गरेकी हुन् । झरनाले सामाजिक शास्त्रमा डिग्री गरेको हुनाले उनी वौद्धिक नायिका मानिन्छिन् । उनी ध्यान र पढाइ–लेखाइमा पनि उतिकै रुची भएकी नायिका हुन्, । झरना आफ्नो पहिलो सन्तान इसानलाई हुर्काइरहेकाले उनी चलचित्रमा कमब्याक हुने हुन् वा होइनन् भन्ने निश्चित छैन ।

७. ऋचा घिमिरे

actress-richa-with-childrens
ऋचा घिमिरे एक समयकी प्रख्यात नेपाली नायिका हुन् । ऋचा काठमाडौंमा जन्मिएकी हुन् र उनी मोडलिङ, टेलिभिजन र म्युजिक भिडियो हुँदैं नेपाली चलचित्र नगरीमा आएकी हुन् । निर्देशक शंकर घिमिरेसँग ऋचा विं सं २०६७ सालमा विवाह बन्धनमा बाँधिइन । उनले सन् २०१२ मा आफ्नो पहिलो सन्तानलाई जन्म दिइन् । यी नायिका अमेरिकाको बाल्टिमोरमा बस्दैं आएकी ३३ वर्षीया ऋचा को अहिले सम्म तीन वटा सन्तान छन् र तेस्रो सन्तानका रुपमा ९ असारका दिन छोरी जन्माएकी थिइन् ।

ऋचा घिमिरे मिजास, महर्षिकी र एक छोरीका आमा हुन् । विवाहलगतै ‘तुलसी’ सिनेमा निर्माण गरेर निर्माता समेत बनेकी काली सुन्दरी भनेर चिनिने ऋचाको नेपाली चलचित्रमा कमब्याक पनि कथा नै बन्ने जस्तो देखिन्छ । उनले ‘विष’, ‘छोडिगए पाप लाग्ला’, ‘देशदेखि परदेश’लगायतका फिल्ममा अभिनय गरेर भ्याएकी थिइन ।

८. अरुणिमा लम्साल

actress-arunima-with-her-daughter
नायिका अरुणिामा लम्साल विराटनगरमा जन्मिएकी हुन् । कुनै समयकी सम्भावना बोकेकी नायिका रुपमा अरुणिमालाई चिनीन्थ्यो । अहिलेका कतिपय हिरोइनको तुलना गर्ने हो भने उनको चर्चा पनि चुलिएकै हो । ‘अजम्बरी’ चलचित्रबाट रजतपटमा भित्रिएकी यी नायिकालाई मुख्य भूमिका दिइएको चलचित्र भने ‘धडकन’ हो । एकताका ‘गहना’ टेलिश्रृखलाबाट चर्चामा कमाएकी अरुणिमाले ‘अभिमन्यु’, ‘आफ्नो मान्छे आफ्नै हुन्छ’, ‘अग्नीज्वाला’, ‘भरोसा’, ‘वुवाआमा’, ‘के यो माया हो’ लगायतका झण्डै दर्जनौं भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरिसकेकी छिन् ।

बैंकर अमित अर्यालसँग २०६२ सालमा अरुणिमाले प्रेम विवाह गरिन् । विवाह भएको केही वर्षमै अरुणिमाले छोरी पाइन् । उनकी छोरीको नाम अक्षता अर्याल हो । आमा बनिसकेपछि पनि ‘पिपल’ र ‘उर्वसी’बाट उनले नेपाली चलचित्रमा कमब्याकको प्रयास त गरेकी थिइन् तर उनको कमब्याक सुखद् भने हुन सकेन । अरुणिमा सन् २०१२ सालमा आफ्नो ६ महिने छोरीका साथमा अमेरिका गएकी थिइन् र अहिले उनी अमेरिकामै रमाइ रहेकी छिन् । कुनै समय गर्भवती हुँदा पनि फिल्म खेलु–खेलु लाग्छ भनेर अन्र्तवार्ता दिएकी अरुणिलाई अहिले चलचित्र भन्दा पनि अमेरिका प्यारो देखिएको छ ।

९.झरना थापा

actress-jharna-with-her-daughter
झरना थापा सन् १९८१ मा जन्मिएकी हुन् र उनी नेपाली चलचित्र क्षेत्रकी सुन्दरी र प्रख्यात नायिका हुन् । बिहेपछि चर्चा बटुलेकी सम्भवतः एकमात्र नायिका हुन् प्युठान स्थायी घर भएकी झरना थापा । सन् १९९८ मा ‘दाइजो’ चलचित्रमा काम गर्दागर्दै उनले सुनिलकुमार थापासँग प्रेम विवाह गरेकी थिइन । विवाह भएको अर्को वर्ष नै यी नायिकाले सुहानालाई जन्म दिइन । सुहाना अहिले १८ वर्षकी भइन । सन् २००२ मा ‘ए मेरो हजुर’जस्तो हिट चलचित्र खेलेकी झरना आमा बनेर पनि कमब्याक गर्न सफल नायिकामा गनिन्छिन् ।

आमा बनेको लगतै उनले ‘धर्मसंकट’ फिल्मबाट कमब्याक गरेकी थिइन् । त्यसपछि उनले ‘गोर्खाली’ ‘जीवनसाथी’, ‘अञ्जली’, ‘भाइटीका’, ‘पूर्णिमा’, ‘सिउँदोको सिन्दुर’, ‘सुख दुःख’, ‘हामी तीन भाइ’, ‘मुग्लान’, ‘कहाँ छौं कहाँ’, ‘कालापानी’, ‘तकदिर’, ‘म तिमी बिना मरिहाल्छु’जस्ता फिल्महरुमा अभिनय गरिसकेकी छिन् ।

झरनाको अब चलचित्रमा अभिनय गर्ने सम्भावना धेरै नै कम देखिन्छ । किनभने, उनको एकदमै चलेको फिल्म ‘ए मेरो हजुर २’को सिक्वेलमा उनले अर्कै हिरोइनलाई अनुबन्ध गरेकी छिन् किनभने झरना त्यो फिल्ममा निर्देशकका रुपमा देखिदैंछिन् । झरना निर्देशक बन्न लागेको सिनेमा ‘ए मेरो हजुर २’ होम प्रोडक्सन चलचित्र हो ।

१०. विपना थापा

actress-bipana-with-her-son
विपना थापा कुनै समय नेपाली चलचित्र जगतमा असाध्यै मनपराइएकी नायिका हुन् । ‘जन्मभूमी’, ‘आगो’, ‘मितिनी’जस्ता हिट फिल्मकी यी नायिका विवाहपछि सिनेमा जगतबाट हराइन् ।

भारतीय नागरिक आशुतोष भारद्वाजसँग सन् २००८ मा विवाह बन्धनमा बाँधिएकी नायिका विपनाले त्यसपछि पनि नेपाली फिल्म खेल्ने आशा धेरै गरेका थिए । किनभने, उनको पति पनि नेपाली चलचित्र निर्माण गर्ने गर्थे तर विपना विवाह लगतै श्रीमानको घर भारत गइन र नेपाली सिनेमा जगतबाट बिलिन हुन पुगिन् । विपना विवाह भएको केही वर्षमै आमा बनिन् त्यस पछि उन्को फिल्ममा कमब्याकको सम्भावना पनि फितलो बन्यो । उनको छोराको नाम कुशाग्र हो । भुकम्प गएको बर्ष चाँहि राहत बाँढ्न भनेर उनी राहत सामाग्री लिएर नेपाल आफ्नो माइत आएकी थिइन् ।

३७ वर्षीया विपना नायिका साथ–साथै उनी पेशाले फेसन डिजाइनर समेत हुन् । २०५३ सालमा ‘जन्मभूमी’ चलचित्र खेलेपछि नेपाली रजतपटमा विपनाको चर्चा लगातार चलिरह्यो । त्यसपछि उनले ‘सहिद गेट’, ‘ख्यालख्यालैमा’, ‘मामा भान्जा’, ‘बरमाला’, ‘बेइमानी’, ‘राम बलराम’, ‘देवदूत’, ‘प्यारी बहिनी’, ‘जित’, ‘सगुन’, ‘अनाथ’, ‘शंकर’जस्ता थुपै्र चलचित्रमा आफ्नो अभिनयको जादू देखाएकी थिइन ।

नायिका विपना थापा हाल भारतको मथुरामा आफ्नो परिवार संग बसिरहेकी छिन् । विपनाको एउटा छोरा छ, छोराको नाम कुशाग्र हो र उनी स्कुल जाने उमेरका भइसकेका छन् । उनले गएको वर्ष भूकम्पपछि नेपालमा राहत बितरण गर्न आएका बेला भने आफूलाई अझै पनि नेपाली चलचित्रमा फर्किने ठूलो इच्छा भएको बताएकी थिइन । नेपाली फिल्ममा फर्किन कत्तिको मन छ भनेर सोधिएको प्रश्नमा विपनाले उत्तरमा ‘एकदम धेरै मन छ । मेरो श्रीमान पनि नेपाली फिल्मको निर्माता हुनुहुन्छ । त्यही फिल्म बनाउने क्रममा भेट भएको हो । उहाँ पनि नेपाली फिल्ममा ‘कमब्याक’ भएको हेर्न रुचाउनुहुन्छ । तर, समय परिस्थितीले साथ दिएको छैन’ भने ।

Facebook Comments