सन्नी लियोनी नेपाली फिल्म पासवर्डमा सनसनीपूर्ण आइटममा

sunny-leone-in-nepali-movie-song

नेपाली चलचित्र पासवर्डमा बलिउडकी हट नायिका भनेर चर्चीत सन्नी लियोनीले आइटमको नृत्य गरेकी छिन् । निर्माणपक्षले सन्नी लियोनीले आइटम नृत्य गरेको चलचित्र ‘पासवर्ड’का केही तस्बिरहरु सार्वजनिक गरेको छ ।

password-movie-sunny-leone-dance

सन्नीले नृत्य गरेको यो गीत लण्डनमा महंगो बजेटको खर्चमा छायांकन गरिएको हो । चलचित्रको ‘सन्नी हो नाम मेरो’ बोलको गीतमा सन्नीले नृत्य गरेकी छिन् र भिडियोको निर्देशन कोरियोग्राफर बिष्णु देभाले गरेका छन् ।

जानकारी बमोझिम कोरियोग्राफर बिष्णुले बलिउडका चर्चित नायकहरु साहरुख खान, सलमान खानलाई समेत कोरियोग्राफी सिकाएका छन् । सन्नी ७ जनाको टिमसहित अर्जुन पोखरेलको संगीत रहेको यो गीतको भिडियोमा नृत्य गर्न लण्डन पुगेकी थिइन् । सन्नीलाई यस गीतमा नृत्य गर्न करिब २ सय भन्दा बेसि डान्सरले साथ दिएका छन् ।

sunny-leone-dancing-with-two-hundred-dancers

निर्माणपक्षको जानकारी बमोझिम सन्नी लियोनीले यो गीतमा नृत्य गर्नका लागि २ करोड भारतीय रुपैयाँमा संझौता गरेकी थिइन् । सन्नीको माग अनुसार नै सम्राट बस्नेतको निर्देशनमा तयार भएको यो चलचित्रमा उक्त सन्नीले नृत्य गर्ने गीत तयार गरिएको हो । विक्रम जोशी, हिरल जोशी, अमित बस्नेतको लगानीमा निर्मीत चलचित्र “पासवर्ड” एबी इन्टरन्याशनलको ब्यानरमा बनिएको हो ।

sunny-leone-participating-nepali-movie

यो चलचित्र एक्सन र थ्रिलर कथामा बनेको छ र चलचित्रमा अनुप विक्रम शाही, विक्रम शाही, वुद्दि तामाङ, छुल्ठिम गुरुङ लगायतका प्रख्यात नेपाली कलाकारहरुको अभिनय छ । यो चलचित्र बरिष्ठ भिडियोग्राफर सौरभ लामाले खिचेका हुँन ।

dancing-sunny-in-nepali-password-movie-song

Facebook Comments