नेपालकी चेली सारेगामापा को टप १३ मा प्रवेश गरेकी छिन् (भिडियो सहित)

menuka-poudel-nepalese-girl-in-saregamapa-indian-reality-show

सुमधुर आवाजकी धनी हुन् गायिका मेनुका पौडेल । भारतको प्रख्यात सांगीतिक रियालिटि सो मा नानी पौडेलले आफ्नो अद्भुत प्रतिभा देखाउन सहभागी भएकी हुँन् र यो रियालिटि सो मा सहभागीता जनाउने पहिलो नेपाली नागरीक यिनी नानी नै हुँन् । नेपाली नागरीक मेनुकाले सारेगामापाको कार्यक्रममा आफ्नो अद्दभुत प्रतिभाको कारण सबैको मन जित्न सफल भएकी छिन् ।

जी टिभीबाट प्रसारण हुने सारेगामापा रियालिटी सो मा गायिका मेनुका पौडेलले आइतवार मनप्रफुल्ल पार्ने “पिया भावरे” गीत प्रस्तुति गरेकी थिइन् ।

उनले गाएको गाना सुनेर जजहरु र सबै दर्शहरु एकदमै आनन्दित थिए । प्रतिक्रियामा जजहरु बताउँछन् उनको स्वरमा जादु छ र एक जना जजले आफु गायिका मेनुकालाइ मुल्याङकन गर्न समेत लाएक नभएको बताउनु भयो । मेनुकालाई जजहरुले ९९.४ अंक दिएका छन् र उनी सारेगामापाको मेगा राउण्डको टप १३ मा प्रवेश गर्न सफल भएकी छिन् ।

जज वजिद खानले उनको स्वरको प्रशंसा गर्दै उनले मेनुकालाई सुन्दर तरिकाले गाएको र उनको स्वर मधुर भनेका छन् । उनको अद्दभुत प्रतिभा देखेर कमेन्ट गर्दा “फेन्टाष्टिक सिंगीङ” भनेका थिए । नानी मेनुकालाई सधै आफ्नो स्वर यसतै कायम राख्न जज शेखरले आर्शिवाद दिएका थिए ।

सारेगामापाकी अतिथि बलिउड स्टार नायिका प्रिति जिन्टाले उनको सोरमा शुद्धता रहेको छ भनि प्रशंसा गरेकी थिइन् । मेनुका भन्छिन् सारेगामापामा भाग लिन पाउँनु मेरो सौभाग्यको कुरा हो । जजहरुले पनि अद्दभुत गायिका नानी मेनुकालाई यस सो मा प्रतिसप्रधिको रुपमा पाउँनु सारेगामापाको लागी सौभाग्यको कुरा बताएका छन् ।

नेपालको रियालिटी सो नेपाल आइडलबाट सांगीतिक क्षेत्रमा तहल्का मच्चाएकी मेनुका पौडेलले भारतको सारेगामापा रियालिटी सो मा पनि त्यसतै तहल्का मच्चाइ रहेकी छिन् ।

नेपाल आइडलमा कम भोट पाएका कारण टप १० मा बाहिरिनु परे पनि नानी मेनुकाले भने आफ्नो सांगीतिक यात्रा कायम नै राखिन् । आँखाको ज्योती नभएकी नानी मेनुका सांगीतिक क्षेत्रमा अगाडि बढ्न सोच राखेकी मेनुका भारतको सारेगामापा रियालिटी सो मा आफ्नो अद्भुत सुन्दर आवाजलाई प्रस्तुत गरि सबैको मन जित्न सफल भएकी छिन् ।
https://www.facebook.com/aamatv1/videos/286253725351017/

Facebook Comments