मंङ्सिर ११
यात्रा सहज छैन, आफ्नो ज्यान नै जोखिममा पारेर यात्रा गर्न वाध्य छन् । यतिवेला काठमाण्डौ उपत्यका र आसपासका यात्रुहरु, राजधानीबाट छुट्ने लामो तथा छोटो दुरिका सवारी साधनमा उत्तिकै भिड देखिन्छ तर उपत्यकाभित्रको पनि अवस्था उस्तै हो, गाडी नचलेका त होईनन् तर भरिभराऊ गाडीहरुमा यात्रा गर्नुपर्ने स्थिति छ, विहानको नौ बजेदेखी एघार बजेसम्म काठमाण्डौका हरेक सडकमा गाडीहरुको चाप देख्न सकिन्छ ।
यो समय विध्यार्थी र सरकारी कर्मचारीहरुको लागी अत्यन्तै विशेष मानिन्छ, अझै बिरामीलाई हस्पिटल पुर्याऊन समेत मुस्किल हुन्छ, अहिले जसलेपनि गाडीलाई औला ठड्याऊदै भन्छन्, उभिएर आउँदा पनि भाडा महङ्गै लिन्छन्, यिनिहरुलाई कसरी ठाउँमा ल्याऊने हो, अझै उनिहरुको खवरदारी पनि छ, आधा घण्टाको बाटोमा गाडीको चापले गर्दा दुईघण्टासम्म पनि पुग्न धौ धौ हुन्छ ।
सरकारले यातायात क्षेत्रको सिन्डिकेट हटाएको भन्दै भाषण गरिरहेको वेला यात्रुहरु दोहोरो भाडा तिरेर यात्रामा निस्किनु परिरहेको छ । आखिरमा यस्तो समस्याबाट यात्रुहरुले कहिले सास फेर्छन होला, ट्राफिक नियमको पनि उचित पालना हुन नसकेको गुनासो धेरै सुन्नपरेको छ ।
आशा छ, यस्तो समस्यावाट उपत्यका मात्र होईन सबैतिर को सबारी आवगमन सहज हुनेछ ।
सम्पादक
अर्पण पाण्डेय