तपाइको जीवन तथा सोचाइ परिवर्तन गर्न सक्ने चार्ली च्याप्लिनका १० भनाइहरु

life-changing-quotes-charlie-chaplin

विश्वको महान हास्य–व्यंग्यकारका रुपमा प्रख्यात छन् चार्ली च्याप्लिन । आफ्नो जीवनमा यिन्ले निकै ठूलो सफलता पाएता पनि उन्को जीवनको सुरुवाती दिनहरु निकै दयनिय र कष्टदायि थिए ।

आफ्नो जीवनमा जति सुकै दुख आएता पनि यिनले मानिसहरु सधैं नै हसाइ रहे । उन्का मर्मस्पर्शी भनाइहरु यस्ता छन् कि जस्ले दुखमा नआत्तिन र धिरज रहन हामीलाई प्रेरणा तथा उत्साह दिन्छ । उन्का केहि भनाइहरुले साँचै नै हाम्रो सोच, जीवन आदि परिवर्तन गर्न सक्छन् ।

चार्ली च्याप्लिनका १० भनाइहरु यस प्रकार छन्

१. ऐना मेरो सबैभन्दा असल साथी हो किनभने जब म रुन्छु तब ऊ कहिल्यै पनि हाँस्दैन ।

२. यो संसारमा कुनै पनि थोक स्थायी छैन र हाम्रो दुख पनि स्थायी होइन ।

३. कसैले पनि म रोएको नदेखोस् सोचेर म सधैं झरिमा घुम्न मन पराउँछु।

४. नहाँसेर बिताएको दिन भनेको दिन वर्वाद गरेको हो ।

५. जब तँपाइ मुस्कुराउनु हुँन्छ तब थाहा पाउँनु हुन्छ कि जीवन अझैं कति मुल्यवान छ ।

६. मेरो दुख कसैको हाँसोको कारण बन्न सक्छ, तर मेरो हाँसो कहिल्यै पनि कसैको दुखको कारण नबनोस् ।

७. केहि पनि नगर्ने तर सपना मात्र देख्नुको कुनै अर्थ छैन ।

८. जीवका कयौं विडम्बना मध्य एक विडम्बना सहि समयमा गलत काम गर्नु हो ।

९. आवश्यक परेको बेला साथीलाई सहयोग गर्न सकिन्छ तर उसलाइ सधैं आफ्नो समय दिनु सम्भव हुँदैन ।

१०. सधैं तल मात्र हेरिरहने बानीले हामी इन्दे्रणी कहिल्यै पनि भेट्टाउन सक्दैनौं ।

Facebook Comments