यूएइको शहर सारजाहामा नेपाली महिलाको चक्कु हानी हत्या

nepali-woman-stabbed-in-sarjaha

सारजाहा प्रहरीको जानकारी बमोझिम, सारजाहा इन्डष्ट्रियल एरिया न. १२ को कामदार आवासमा महिलाहरु बिच झगडा सकिए पश्चात एक ३२ बर्षीया नेपाली महिलालाई चक्कु हानी हत्या गरियको थियो र अरु ३ महिलाहरु प्नि झगडाका कारण घाइते भएका थिए ।

सबै महिला कामदारहरु क्लिनिङ कम्पनीका लागी काम गर्दछन् । शनिवार राती लगभग १ बजेर ३० मिनेट तिर २ वटा घाइते महिलालाई क्वास्सिमी अस्पताल र अरु दुइ जनालाई अल कुवेती अस्पतालमा भर्ना गरिएको थियो ।

मृतक महिलालाई “टि.आर” भनेर चिनिएको छ । उनको शरिरमा भएको चोट करिब बिहान ५ः३० बजे तिर भएको हो भन्ने दावी अल क्वास्सिमी अस्पतालको छ । त्यस कारणले शवलाई अटोप्सी गर्नका लागी फोरेन्सिक् प्रयोगशालामा लगीयको छ । ३ जना महिलाहरु सकुसल छन् भन्ने रिपोर्ट पाएका छौं । अल कुवेती अस्पतालबाट बिहानको ४ः३० बजे डिस्चार्ज भएका २ जना घाइते महिलाहरु यस.यम–२३ र य.डि–२२ नामले चिनिन्छन् ।

यस.एम नामले चिनिने संकास्पद महिलालाई पुलिसले झगडा कसरी भयो र के उद्दयश्यको लागी भएको थियो भनेर थाह पाउन गिरफ्तार गरेको छ । त्यस घटनाले पिडित एकजना व्यक्तिले संकास्पद मानिसले मदिरा सेवन गरेको झोकमा झगडा गरेको बताएका छन् ।

अर्का घटना पिडित पक्षका आफन्तले उनकी श्रीमतीको पाठेघरमा चक्कुले भएको घाउ नभलाउँदै चेकअप भइसके पछि अस्पतालले डिस्चार्ज गर्दिएको बताउँछन् ।

Facebook Comments